जब सिंगो बस्तीमा बाढी पस्यो…

डम्मर बुढा मगर, बागलुङ
वर्षौँदेखि घर छेउँमै बढी रहेको ठाडो खोला यसरी उर्लिएर आउला भन्ने स्थानीयले कल्पना समेत गरेका थिएनन् । तर मंगलबार राति ठाडो खोला (भातेखोला)मा अचनाक भलसहित ठूलो बाढी आयो । भलसहित आएको बाढीले बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्गास मैदालेका १४ घरसहित खानेपानी, सडकमा ठूलो क्षति पु¥यायो ।

समथर भूगामा रहेको बल्गास मैदालेमा चटक्क मिलेका घरहरु थिए । जुन घरहरुमा अहिले बाढी पसेर कुरुप बनाइ दिएको थियो । २५ औँ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पनि बाढीले पुरेको छ । रातिमा बाढी आएर भौतिक क्षति पु¥याए पनि मानवीय क्षति भने भएन । बाढी बस्तीमै पस्न थाले पछि स्थानीयले घर छोडेका थिए ।

घर, गोठसँगै अन्य व्यवसाय फर्म समेतमा बाढीले क्षति पु¥यए पनि यतिबेला बल्गास मैदालेका स्थानीय ठूलो पीडामा छन् । वर्षातको समयमा घरमा बाढी पस्दा बास, गास र कपासको लागि अरुको सहारा लिनु पर्ने अवस्थामा उनीहरु पुगे ।

बाढीले स्थानीय टोपबहादुर पुनको किराना पसलसहित घर, भक्तबहादुर नेपाली, पूर्णबहादुर घर्ती, देवबहादुर बुढा, निमबहादुर केसी लगायत १४ घरमा ठूलो क्षति पु¥याएको स्थानीय नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । केही घरहरुमा लेदोसहितको माटो आएको हुँदा पन्छ्याएर बस्न मिल्ने क्षेत्रीको भनाई छ ।

‘बाढीले कयौँ रोपनी क्षेत्रफलमा लगाएको धान बाली पुरिदिएको छ, दर्जन बढी घरमा बाढी पसेको छ, मानवीय क्षति त भएन तर भौतिक क्षति भने निकै ठूलो भएको छ,’ क्षत्रीले भन्नुभयो ‘केही स्थानीयको घरमा बस्नै नमिल्ने गरि बाढी पसेको छ भने केहीको घर भने बाढी पन्छ्याएर बस्न मिल्ने छ तर जोखिम भने कायमै छ ।’

बाढी घरमा पस्दा पसलमा भएका लाखौँको समान नष्ट भएको स्थानीय टोपबहादुर पुनले बताउनुभयो । उहाँले राति बाढी आउँदा सामानहरु अन्तै सार्न नसकेको भन्दै लेदोसहितको बाढीले घर भरिएको बताउनुहुन्छ । अहिले लेदो पन्छ्याएर जोखिमपूर्ण रुपमा घर मै बस्दै आएको पुनको भनाई छ ।

‘दिउँसोमा आएको भए त केही सामान बचाउन सकिन्थ्यो होला, रातिमा आयो केही बचाउन सकिएन, पसल घर दुबैमा ठूलो क्षति पुगेको छ, धेरैको घरमा बस्नै नमिल्ने गरी लेदो भरिएको छ, मैले त अहिले लेदो पन्छ्याएर बस्ने जस्तो बनाएको छु’ पुनले भन्नुभयो ।

स्थानीय पूर्णबहादुर घर्ती मगर पनि बाढीका कारण विस्थापित हुनु परेको छ । घर्ती मगर पनि आफन्तको आश्रयमा हुनुहुन्छ । उहाँले बाढीले घरमा बस्नै नमिल्ने गरि क्षति पु¥याएको भन्दै अझै पानी निरन्नतर परे घर नै बगाउन सक्ने बताउनुहुन्छ । घर्तीले यसरी बस्तीमा बाढी पस्ला भनेर कल्पना समेत नगरेको बताउनुभयो ।

‘बस्तीमा यसरी बाढी पस्ला भन्ने सोचेका पनि थिएनौँ, अचानक यस्तो विपद् आइलाग्यो, भर्खर पसाउन लागेका खेतका धान पनि सबै पुरिएको छ,’ घर्ती मगरले भन्नुभयो ‘बाढीले हामीलाई ठूलो समस्या निम्त्याइ दियो, गाउँका सबैको घरमा लेदो पसेको, केहीको घर त बस्न मिल्ने अवस्थामा छ, हाम्रो त एकदमै जोखिममा परेको छ ।’

बाढीले बस्तीसँगै ग्रामीण सडक, खानेपानी र सिञ् चाइ नहर समेत बगाएको स्थानीयको भनाई छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले डोजर प्रयोग गरेर बाढी तर्काउनका लागि प्रयास गरिरहेको बताउनुभयो । अस्थायी रुपमा समस्या समाधानका लागि गाउँपालिका व्यवस्थापनमा जुटेको उहाँको भनाई छ ।

‘यो ठाउँ भोलिका दिनमा समेत जोखिममा रहेकाले यसको व्यवस्थापनका लागि गाउँपालिकाले मात्रै नसक्ने अवस्था छ, अध्यक्ष पाइजाले भन्नुभयो, ‘यसको व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारले पनि बजेटका लागि पहल गर्छौ ।’ अहिले हामी तत्कालको समस्यालाई समाधानका लागि प्रयास गरिएको उहाँले बताउनुभयो ।

बस्तीमा बाढी बसेको जानकारी पाए लगत्तै डोजर प्रयोग गरेर खोलाको धार परिवर्तन गर्न थालेको र अबरुद्ध भएका सडकहरु समेत खुलाउने प्रयास गरिएको बताउनुभयो । बाढीले खानेपानीको ट्याङ्कीमा समेत क्षति पु¥याउँदा स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *