बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थपियो

आदर्श अनलाइन बागलुङ

बागलुङमा थप पाँच दिन निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना संक्रमितको दर उच्च गतिमा फैलिएपछि यसको नियन्त्रणका लागि पाँच दिन जिल्लाभर कडाइका साथ लागु हुने गरि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यस अवधीमा स्वास्थ्य सामग्री तथा औषधी पसल चौबिसै घण्टा खुल्ने छन् भने फलफूल, तरकारी, दाना लगायतका पसल भने बिहान १० बजेसम्म मात्रै संचालन हुने बताइएको छ ।

विद्यालय, क्याम्पस, तथा शैक्षिक संस्था, सिनेमा हल पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, सैलुन रेष्टुरेण्ट, होटल, हार्डवयर पसल, बैंक तथा वित्तीय संस्था संचालन नगर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्लामा अहिले कोरोना खोप अभियान पनि जारी छ । खोप केन्द्रमा नागरिकको भिडभाड व्यवस्थापन नहुँदा संक्रमण थप बढ्ने जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् । यस तर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनीहरु बताउँछन् ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *