बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध

आदर्श अनलाइन, बागलुङ
निरन्तर वर्षातको भूजीखोलामा बाढी आउँदा सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध भएको छ । बाढीले सडक खण्डकाे विभिन्न स्थानमा सडक नै बगाएपछि जनैपूर्णीमा पर्वमा ढोरबराह मन्दिरमा जाने दर्शनार्थी समस्यामा परेका छन् । 

सडक अवरुद्ध भएसँगै स्थानीयलाई समेत ढोरपाटन आवतजावत गर्नमा समस्या भएको स्थानीय गगन पुनले बताए । ‘निरन्नतर परेको वर्षाले गर्दा खोलामा पानीको बहाव निकै बढेको छ, यसले गर्दा खोला माथि सडकमै आएको छ,  सडकमा खोला बग्न थालेपछि ढोरपाटन आउन जान निकै कठिन भएको छ’ पुनले भने । ढोरपाटन नगरपालिका वडा नम्बर ८, ९ अन्र्तगत पर्ने दुवाल, भुसण्डे, सुप्राङ, दोहाल

लगायतको क्षेत्रमा बाढिले सडक बगाएपछि यतिबेला भुजी खोला सालझण्डी ढोरपाटन सडकको रुटबाट बगिरहेको छ । बाढिका कारण भुजीखोला पाचौँ लघुजलविद्युत आयोजनाको मुहानमा समेत क्षेति पु¥याएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन । सडक अवरुद्ध भइसपछि सालझण्डी ढोरपाटन सडक आयोजनाले मर्मतको काम तत्काल अगाडी बढाउने तयारी बताएको छ ।

सडक खुलाउनका लागि मेशिनले तत्काल काम सुरु गर्ने इन्जिनीयर सुरज चौधरीले बताए । जनैपूर्णिमा पर्वमा ढोरबराह दर्शनका लागि सयौँ श्रदालु भक्तजन ढोरपाटन पुग्ने र आफुहरुलाई समेत आवतजावतमा समस्या भएका कारण तत्काल सडक मर्मत हुनुपर्ने स्थानीयको माग छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *