पूर्व नगर प्रमुखको सम्मान कि अपमान ?

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गीय ऋषिराम शर्माको सम्मानमा बागलुङ नगरपालिकाले दुई वर्ष लगाएर बानपा ४ कुँडेलेमा एक वर्ष अघिनै स्मृति द्वार निर्माण गरेको छ ।

साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दुरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदानको स्मरण र सम्मानमा बागलुङ नगरपालिकाले ‘ऋषिराम शर्मा स्मृति द्वार’ निर्माण गरे पनि निर्माण सम्पन्न भएको वर्ष दिन सम्म न त स्मृतिद्वारा उद्घाटन भएको छ, न त उहाँको शालिक अनावरण नै ।

स्मृति द्वारमा रहेको पूर्व नगर प्रमुख शर्माको शालिक ढाकिएको एक वर्ष वित्दा समेत कसैले चासो दिएका छैनन् । उद्घाटन गर्न आवश्यक समेत छैन । तर, एक वर्ष देखि शर्माको शालिक ढाकेर राख्दा आम नागकिरमा नगर प्रमुखको सम्मान कि अपमान भन्ने प्रश्न उब्जिन थालेको छ । १३ लाखको लागतमा निर्माण गरेको स्मृति द्वार अनावरणमा ढिलाई गर्नुको कारणबारे समेत नगरबासी बेखबर छन् ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले कोरोना लगायतका कारण उद्घाटनमा ढिलाई भएको स्विकार गर्नुभयो । उहाँका अनुसार स्मृति द्वार अब छिट्टै खुल्ला गरिनेछ ।

पूर्व नगर प्रमुख शर्माका छोरा बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले बुबाको सम्झनामा निर्माण गरेको स्मृति द्वारले सार्थकता पाउन आवश्यक रहेको बताउनुभयो । ‘उद्घाटन गर्न पर्छ भने पनि छिटो गर्नुपथ्र्यो, हैन भने उद्घाटन नगर्दा पनि केही फरक पर्दै, मुख्यतः सम्मानमा द्धार र शालिक बनाइनु नै ठूलो कुरा हो, बुवाको शालिक एक वर्ष सम्म ढाकेर राख्दा अप्ठ्यारो महशुस भइरहेको छ’ शर्माले भन्नुभयो ।

वि.स.२०५४ साल देखि ५९ साल सम्म जननिर्वाचित पहिलो नगर प्रमुख भएर बागलुङ नगरबासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उहाँको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४ कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको हो । नगरपालिकाले पूर्व नगर प्रमुखको नाममा सञ्चालित ‘गरिब संग मेयर ऋषिराम’ कार्यक्रम समेत कार्यान्वयनमा नआएको आम जनगुनासो छ ।

तत्कालीन कालिका, मुलपानी र लहरेपिपल गाविसलाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गर्न ठूलो भूमिका खेल्नुभएका शर्मा २०५४ सालको स्थानीय निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

पूर्व नगर प्रमुखको नाममा बनाएको स्मृति द्वार अनावरणमा बेवास्ता र ‘गरिब संग मेयर ऋषिराम’ कार्यक्रम कार्यान्वय नुहँदा सम्मानको कार्यक्रमबाट अपमान झेल्नुपर्ने अवस्था आउन सक्ने तर्फ नगरपालिकाले समयमै सचेत कदम चाल्नुपर्ने स्थानीयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *