कालीगण्डकी संरक्षणका लागि कविता आह्वान

आदर्श अनलाइन, बागलुङ ‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ । काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा अहिले देशैभरिका कविहरुले कविता लेखेका छन् ।

कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदीप्त गिरीका अनुसार पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता पठाइसकेका छन् । ‘कविहरूले उत्साहपूर्वक कालीगण्डकी बचाउन कविता पठाउनुभएको छ,’ गिरीले भने, ‘अझै धेरैभन्दा धेरै स्रष्टाहरूलाई संरक्षण अभियानमा एक्येबद्धतासहित कविता पठाउन अनुरोध गरेका छौं ।’

गिरीका अनुसार प्राप्त कविताहरूलाई संकलन गरेर ‘नदी सप्तक’ नामक कवितासंग्रह नै तयार पार्ने लक्ष्य राखिएको छ । यता कालीगण्डकी बचाऔं अभियानले आफ्नो अपिलपत्रमा भनेको छ, ‘कालीगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला आएको छ । प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।’

साथै अहिले कालीगण्डकीमाथि विभत्स दोहन चलाइएको र नदीको सभ्यता, पर्यावरण तथा जीविकामाथि गम्भीर संकट पर्ने काम गरिएकोमा अभियन्ताहरूले एक महिनादेखि विरोध गरिरहेका छन् ।

कविता पठाउने ठेगाना savekaligandakiriver@gmail.com रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *