बागलुङमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई सडकमै कोरोना परीक्षण (फोटो/भिडियो)

आदर्श अनलाइन, बागलुङ
बागलुङमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सडकमै कोरोना परीक्षण गरिएको छ । बागलुङ नगरपालिकाले निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा हिँडडुलको सडकमै एन्टीजेन मार्फत कोरोना परीक्षण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र बागलुङ नगरपालिकाको सहकार्यमा लोकतान्त्रीक चोकमा अनावश्यकहिँड डुल गर्नेलाई होल्ड गराई एन्टीजेन परीक्षण गरेको हो ।

बुधबार ९३ जनाको एन्टीजेन परीक्षण गरिएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको खनालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *