जैमिनीमा एकैदिन दुई जनाले गरे ‘आत्महत्या’

आदर्श अनलाइन, बागलुङ

बागलुङको जैमिनीमा एकै दिन दुई जनाले झुण्डिएर ‘आत्महत्या’ गरेका छन् ।

जैमिनी नगरपालिका वडा नम्बर ३ रानीबासका ४० वर्षीय यामबहादुर बहिक र वडा नम्बर ५ बिनामारे सियारकोटकी ४० वर्षीया पार्वती विकले झुण्डिएर ‘आत्महत्या’ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

४० वर्षीय बहिक शुक्रबार दिउसो १ बजे खाजा खाएर बाहिर निस्केको र राति अबेरसम्म घर नआउँदा परिवारले खोजि गरेको र शनिबार विहान घर नजिकैको जंगलमा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।

बहिक मानिसक रोगी भएको र यसभन्दा पहिला पनि ‘आत्महत्या’ गर्ने प्रयास गरेको स्थानीयको भनाई छ । त्यस्तै वडा नम्बर ५ की ४० वर्षीया विक पनि खाना खाइसेकेपछि बुहारी घाँस काट्न गएको बेला गोठमा झुण्डिएर ‘आत्महत्या’ गरेको प्रहरीले जनाएको छ ।

उनका श्रीमान र छोरा विदेशमा रहेको र उनीहरु आएपछि विकको अन्त्योष्टि गरिने बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *