नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा

आदर्श अनलाइन, बागलुङ
नव गठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बागलुङमा भएको नेताहरुको भेलाले लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

सोही भेलालले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको संयोजक थापाले जानकारी दिनुभयो ।

त्यसैगरी शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित सठन गरेको छ ।

भेलाले सुरज बोसेलको संयोजकत्वमा प्रदिप आचार्य, फडिन्द्र खड्का सहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी लगाएत पालिका, जनसंगठन,पेशागत संगठनका विभिन्न उपसमिति गठन गरिएको थापाले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले भदौ भित्र जिल्ला भेला हुने र जिल्ला भेलाले पदाधिकारी टुङ्गाउने लगाएपछि जिल्लाभर संगठन विस्तार बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *