धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण शुरु

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङमा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिएको छ । असार अगावै अक्सिजन प्लान्ट निर्माण गर्ने भनिएपनि बजेट नआउदा दुई महिना ढिलोगरी अक्सिजन प्लान्ट निर्माण कार्य शुरु भएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

धौलागिरी अस्पताललाई स्तरवृद्धि गरी २०० शैयाको गण्डकी प्रदेश स्तरीय उप–प्रादेशिक अस्पताल बनाउन लागिएको र सबै शैयालाई पुग्ने र आवश्यकता अनुसार अक्सिजन शिलिण्डरमा समेत भरेर पालिकाका अस्पताल तथा स्वास्थ्य चौकीमा पठाउन सक्ने गरी अक्सिजन प्लान्ट निर्माण शुरु गरिएको छ ।

अस्पतालमा यस अघि शिलिण्डरमा भर्न नमिल्ने २५ शैयालाई मात्रै पुग्ने अक्सिजन प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरमा धौलागिरी अस्पतालमा एकै पटक ४७ जना सम्म कोरोनाका गम्भिर विरामी भर्ना गर्दा अक्सिजनको चरम अभाव भएर पोखराबाट दैनिक १२० अक्सिजन शिलिण्डर आयात गर्नुपर्ने भएपछि सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय संगै तीन करोड बजेट बिनियोजन गरेको थियो । ठेक्कामा जादा रु. २ करोड ४० लाखमा एक सप्लायर्स संग सम्झौता भइसकेको धौलागिरी अस्पतालका लेखा अधिकृत झलक शर्माले बताउनुभयो ।

चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने गरी तयारी भइरहेको र अहिले रु. २३ लाखको लागतमा अक्सिजन प्लान्ट स्थापनाका लागि पुर्वाधार निर्माणको काम जारी रहेको शर्माको भनाई रहेको छ ।

शुरुमा असार मसान्त भित्र काम गर्नुपर्ने भनेपनि अक्सिजन सप्लायर्सले ढिलाई गरेको र संघीय सरकारबाट बजेटको समेत अख्तियारी नआएका कारण ढिलाई भएको थियो । अहिले भदौं मसान्त भित्रै अक्सिजन प्लान्ट निर्माण गरी भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएपछि अक्सिजन प्लान्ट निर्माण शुरु गरिएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।

अस्पतालमा दुई वर्ष अघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभाव भएको थियो । आगमी दिनमा अक्सिजनको अभाव नहोस भन्नका लागि २०० शैयालाई प्रयाप्त पुग्ने गरी अक्सिजन प्लान्ट निर्माण थालिएको हो ।

अस्पतालमा तीन आइसियु, दुई भेन्टिलेटर सहित ३५ बेडको आइसोलेशन छ । तर पूर्वाधार र जनशक्तिको भने अभाव कायमै छ । अहिले मौजुदा जनशक्ति समेत घटेर जादा आइसियु सेवा समेत बन्द भएको छ । भदौं मसान्त भित्र ट्रसले छाएको अक्सिजन प्लान्ट राख्न सक्ने घर निर्माण गरी अक्सिजन प्लान्ट जडान गरिने छ । उक्त अक्सिजन प्लान्टबाट उतपादन भएको अक्सिजन विरामीको शैयामै पु¥याइने छ, भने शिलिण्डर भरेर अन्यत्रै पठाउन समेत सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *