बिहुँ काउलेमा एकीकृत बस्ती तयार तर, पाँच महिनामा पनि भएन पीडितलाई हस्तान्तरण

साधना पन्त, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि सापकोटा चोकमा एकीकृत बस्ती निर्माण गरिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बस्तीको पुर्ननिर्माण गरिए पनि आर्थिक वर्ष २०७७÷७८ मै भुकम्प पीडितले पाउने पर्ने घर पीडितले अहिले सम्म पाएका छैनन् ।

२०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रति पीडित परिवार दुई लाख रकम समेत दिइएको थियो ।

घर बनेको ६ महिना पुग्दा समेत घरमा सर्न नपाएको चिन्ते दमाइले बताउनुभयो । २०७२ सालको भुकम्पले कमजोर बनाएको घर ०७५ सालको भुकम्पले बस्न नमिल्ने अवस्था पुगेको थियो । घर चर्किएर बिस्थापित भए पछि ४ वर्ष सम्म धेरै दुःखले बसेको दमाईको गुनासो छ । वैशाखमा नयाँ घर पाउने भनिएता पनि अहिले सम्म घर दिने केही कुरा नभएको दमाई बताउनु हुन्छ ।

शिवधुरी एकीकृत नमुना बस्ती निर्माण समितिका अध्यक्ष सुस्मिता दर्जीले समयमा किस्ता नपाएको कारणले अहिले केही काम ढिलाई भएको र त्यही विषयले समस्या पैदा भएको बताउनु भयो । बागलुङको एकीकृत बस्तीका लागी आएको रकम लमजुङ पठाएकै कारणले अहिले सम्म बस्ती निमार्ण सम्पन्न नभएको दर्जीको भनाई छ । बस्तीमा आउने बाटो, सभाहल र वालका लागि ४० लाख बजेट आउने भनेर काम गरेता पनि अहिले सम्म ७ लाख रुपैयाँ आएकाले त्यस बराबरको काम मात्र सम्पन्न भएको दर्जी बताउनु हुन्छ । ‘घर निमार्ण भए पनि हस्तान्तरण नहुँदा स्थानीयले समस्या झेलिरहेको उहाँको भनाई छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रेणुका कुमारी पाण्डेले भुकम्पले विस्थापित भएका काउलेका भुकम्प पीडितको घर निर्माण गरिसकेको जानकारी दिनुभयो । भवन निर्माण कार्य सम्पन्न भए पनि एकीकृत बस्तीको तेस्रो किस्ता रोकिएका कारण भूकम्प पीडितलाई घर हस्तान्तरण गर्न नमिलेको उहाँको भनाई छ ।

एकीकृत बस्ती निमार्ण समितिलाई समयमा काम सम्पन्न गर्न पटक–पटक भनिएता पनि बस्तीमा शौचालए निर्माण नगरिएका कारण किस्ता रोकिएको र बस्ती हस्तान्तरणमा ढिलाई भएको पाण्डे बताउनु हुन्छ । उहाँका अनुसार असार मसान्त भन्दा पहिला काम सकेको भए सबै रकम बुझाएर बस्ती पनि हस्तान्तरण भई सक्ने थियो ।

आर्थिक वर्ष ०७७÷०७८ मा एकीकृत बस्ती निर्माणको लागि आएको रकम काम समयमा सम्पन्न नभएर फिर्ता भइसकेको र राष्ट्रिय पुनःनिर्माणको असार मसान्त पछि काम सकिने भएका कारण अहिलेको अवस्थामा तेस्रो किस्ता मन्त्रालयबाटै नआएको पाण्डे बताउनु हुन्छ । अहिले सम्म केन्द्रबाट बिहँु काउलेको एकीकृत बस्तीलाई कसले हस्तान्तरण गर्ने भनेर माथिबाट पत्र नआएका कारण बस्ती हस्तान्तरण गर्न नमिलेको पाण्डे बताउनुहुन्छ ।

अहिले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई आफै अन्यौलमा छ । मन्त्रालयबाट पत्र आएको खण्डमा भदौ भित्र नै जिल्लाको पुनःनिर्माण कार्यलय बन्द हुनेछ । त्यसकारणले आफु स्वयम गएर पटक÷पटक एकीकृत बस्ती निमार्ण समितिलाई असार मसान्त भित्र काम सकेमा सबै रकम भुक्तान गर्न सकिने भनेर जानकारी गराए पनि ढिलासुस्तीले अहिले एकीकृत बस्ती हस्तान्तरण गर्न नसकिएको पाण्डेको दाबी छ ।

बस्ती भित्र बाटो निर्माण, सार्वजनिक शौचालय, सार्वजनिक बैठक हल बनाउने भनेर ४० लाख बजेट आएको थियो । तर, एकीकृत बस्ती निर्माण समितिले समयमा काम नगरेका कारणले अघिल्लो वर्षको बजेट सबै फ्रिज भएको पाण्डेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *