कांग्रेस वडा अधिवेशन: बागलुङका अधिकांश वडामा सर्वसम्मत

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन बागलुङमा सोमबार वडा अधिवेशन सुरु भएको छ ।

जिल्लाको ८५ वटै वडामा सोमबार अधिवेशन सुरु भएको छ । केही वडामा भने नेतृत्व टुंग्याउन नसके पछि मंगलबार नेतृत्व चयन गर्ने कांग्रेस बागलुङले जनाएको छ ।

बागलुङ क्षेत्र नम्बर २ का ४८ वडा मध्ये ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा सभापति पदका लागि निर्वाचन भएको छ । निर्वाचनबाट प्रेम भण्डारी सभापतिमा निर्वाचित हुनु भएको छ । अन्य वडामा भने सर्वसम्मत नेतृत्व चयन गरिएको कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुमर कुँवरले जानकारी दिनुभयो ।

ढोरपाटन नगरपालिका वडा नम्बर १, निसीखोला गाउँपालिका वडा नम्बर ४ र ६ मा सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटाउँदै गएको सभापति कुँवरले बताउनुभयो ।

निसीखोला गाउँपालिकामा वडा नंम्बर १ मा खाल बहादुर घर्ती, वडा नम्बर २ मा खुम पाण्डे, वडा नम्बर ३ मा मेगनाथ रोका, ४ मा चेतराम पौडेल, ५ मा सर्वम्मत गर्ने गरि छलफल भइरहेको र वडा नम्बर ६ मा दीपक थापा र वडा नम्बर ७ मा प्रताप कुँवरको नेतृत्व सर्वसम्मत चयन भएको कांग्रेस क्षेत्र नम्बर २ ले जनाएको छ ।

त्यस्तै ढोरपाटन नगरपालिका वडा नम्बर २ सहमति जुट्दै गरेको र अन्य वडामा सम्पन्न भएको बताइएको छ । तमानखोला गाउँपालिका वडा नम्बर १ मा दलप्रसाद पुन, वडा नम्बर २ मा दिपबहादुर घर्ती, वडा नम्बर ३ मा प्रकाश पुन, वडा नम्बर ४ मा अशोक छन्त्याल, वडा नम्बर ५ जेतेन्द्र रामजाली र वडा नम्बर ६ मा चित्रबहादु छन्त्याल सर्वसम्मत रुपमा चयन भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

त्यस्तै, बडिगाड गाउँपालिका वडा नम्बर १ मा रामप्रसाद सिंजाली, वडा नम्बर २, ४, ५ र ८ मा टुङगिन बाँकी, नम्बर ३ मा डिलबहदुर घर्ती, वडा नम्बर ५, वडा नम्बर ६ मा टोपबहादुर केसी, वडा नम्बर ७ मा दिपेन्द्र प्रताप केसी, वडा नम्बर ९ मा टेकबहादुर बुढा, वडा नम्बर १० मा पुठासिंह बुढा चयन भएको जिल्ला सदस्य गण्डकी थापाले जानकारी दिनुभयो ।

गलकोट नगरपालिका वडा नम्बर १ मा सुबेदार हिम बहादुर खड्का, वडा नम्वर २ मा घनश्याम कुवंर, वडा नम्बर ३ मा नन्दराज शर्मा, वडा नम्बर ४ मा ओमकार सुवेदी, वडा नम्बर ५ मा पवन हमाल, वडा नम्बर ६ मा राज बहादुर पुन, वडा नम्बर ७ मा वसन्त क्षेत्री, वडा नम्बर ८ मा ढालिन्द्र प्रसाद गौतम, वडा नम्बर ९ मा हेमलाल खरेल, वडा नम्बर १० मा भक्त काउचा र वडा नम्बर ११ मा ओम प्रसाद श्रीस चयन भएका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर १ मा गणेश नेपाली, वडा नम्बर २ मा गणेश बहादुर भण्डारी, वडा नम्बर ३ मा दिपेन्द्र राना, वडा नम्बर ४ मा टुङ्गिन बाँकी रहेको वडा नम्बर ५ मा हरि सापकोटा, वडा नम्बर ६ मा वृहस्पति कँडेल, वडा नम्बर ७ मा हिमसागर गुरुङ र वडा नम्बर ८ मा मोमबहादुर रोका सर्वसम्मत रुपमा चयन भएको काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर १, १२, १४ लगायत अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै ताराखोला गाउँपालिकामा पनि सबै वडामा अधिवेशन सम्पन्न भएको बताइएको छ ।

जैमिनी नगरपालिकामा पनि अधिकांश वडामा सम्पन्न भएको र केही वडामा सर्वसम्मत गर्नको लागि छलफल चलिरहेको शर्माले जानकारी दिनुभयो । उहाँले बागलुङका ८५ वडा मध्ये अधिकांशमा अधिवेशन सम्पन्न भएको र केही वडामा जारी रहेको भन्दै निर्वाचन हुने वडामा मंगलबार १२ बजेपछि मतदान हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *