सेनाको सहयोगमा बागलुङ–पोखरा राजमार्गमा खसेको चट्टान फुटाइने


–आदर्श अनलाइन, बागलुङ

गत बिहिबार रातिको अबिरल वर्षपछिको पहिरोले अबरुद्ध पोखरा बागलुङ सडक खण्डमा खसेको ३० फिट अग्लो चट्टान फुटाउन नेपाली सेनालाई सहयोग मागिएको छ । राजमार्गको पर्वत खण्डमा खसेका २० पहिरो मध्ये भ्याप्ले खोला नजिकैको पहिरोमा ठूला चट्टान खसेका छन् । स्काभेटरले चट्टान फुटाउन नसकेपछि नेपाली सेनाको सहजीकरणमा निर्माण व्यवसायीलाई विष्फोटक पदार्थको सहयोगमा चट्टान फुटाउने जिम्मा दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो ।

“अन्य स्थानमा सहड खुलाउने काम भइरहेको छ, आज राति सम्म एकतफी सडक खुलाउने गरी काम भइरहेको छ” प्रजिअ पाण्डेले भन्नुभयो “तर भ्याप्लेखोला नजिकैको सडकमा खसेको ३० फिट अग्लो चट्टान फिष्फोटक पदार्थको सहयोगमा फुटाउन भनेका छौं, नेपाली सेनाको सहजिकरणमा त्यो काम दिउँसोबाट शुरु भइसकेको छ ।”

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ८ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्गले जनाएको छ ।

सोमबारबाटनै सेनाको निगरानीमा फिष्फोटक पदार्थ राख्नका लागि काम भइरहेको र आज दिनभरमा चट्टान फुटाउने लक्ष्य रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।

मरासिनीका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाइएमा आज राती अथवा बुधबार बिहान सम्म एक तर्फ सडक खुलाइने छ । पाँच दिनदेखि साविक धौलागिरीका चार जिल्ला जोड्ने मुख्य राजमार्ग ठप्प हुँदा यात्रुहरुको बिचल्ल िभएको छ । यात्रुहरु घण्टौं जोखिमपूर्ण रुपमा हिडेर यात्रा गर्न बाध्य भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *