लामो पुलको नामाकरण ‘गण्डकी गोल्डेन ब्रिज’

आदर्श अनलाइन, बागलुङ

विश्वकै लामो दावी गरिदै आएको बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरण गरिएको छ ।

पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाले पुलका माध्यमबाट पर्यटन बढाउनका लागि पुलको नामाकरण गरेको हो ।

पुलको उद्घाटन पछि छ महिना अघि पुलको नामाकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु. २५ हजार राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । मंगलबार बसेको कार्यपालिका बैठकले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ राख्ने निर्णय गरेको हो ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको छ । उक्त पुलको नामाकरण सिफारिस गर्ने व्यक्तिको नाम भने नगरपालिकाले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । यद्यपि, उक्त नाम बानपा ५ मालिकाका निजामती सेवामा सक्रिय घनाश्याम सापकोटाले पेश गर्नुभएको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन समेत निवेदन दिइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *