राजमार्ग अवरुद्धपछि अस्पतालमा अक्सिजन समस्या, वैकल्पिक मार्गबाट व्यवस्थापन

डम्मर बुढा मगर, बागलुङ
एक सातादेखि अवरुद्ध बनेको बागलुङ–पोखरा राजमार्ग अझै सम्म संचालनमा आउन सकेको छैन । हप्ता दिनदेखि सडक अवरुद्ध हुँदा आकस्मिक बिरामीलाई काठमाण्डौँ पोखरा लैजान निकै समस्या भएको छ भने अन्य उपभोग्य सामग्रीको समेत अभाव हुन थालेको छ । अझ यतिका दिनसम्म सडक नखुल्दा अस्पतालहरुमा आवश्यक औषधी तथा अन्य स्वास्थ्य सामाग्री समेत आपूर्तिमा समस्या हुन थालेको छ ।

पहिरोले सडकसँगै विद्युत र इन्टरनेट सेवा समेत अवरुद्ध हुँदा धौलागिरी अस्पतालमा अक्सिजन ग्यास समस्या हुन थालेपछि त्यसको व्यवस्थापनमा निकै चूनौति पूर्ण देखिएको छ । नियमित विद्युत सेवा आपूर्ति नहुँदा अस्पतालमा रहेको अक्सिजन प्लान्टले काम गर्न छोडेको र स्टगमा रहेका सिलिण्ड समेत सकिन थालेपछि त्यसको व्यवस्थापनमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेल खटिनु भएको छ ।

No description available.

डा.पोखरेल आफै सक्रियता देखाएर पोखराबाट अक्सिजन सिलिण्डर भरेर अस्पतालमा ल्याउनु भएको छ । सडक अवरुद्ध भए पनि उहाँले विभिन्न वैकल्पिक सडकको प्रयोग गरी अहिले धौलागिरी अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर पोखराबाट ल्याउनु भएको छ । पोखराबाट मंगलबार विहान पठाइएको अक्सिजन बुधबार विहान ४ बजे मात्रै धौलागिरी अस्पतालमा आइ पुगेको छ ।

कार्कीनेटा हुँदा पर्वतको ज्ञादीसम्म गाडीमा र ज्ञादीको पुल तारेर पुनः गाडि मार्फत अस्पतालसम्म अक्सिजन सिलिण्डर लिएको उहाँले बताउनुभयो । ज्ञादीको लामो पुलमा मान्छेले बोकेर तारेर ल्याइएको छ । सिलिण्डर तार्नका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण पर्वत, नेपाल प्रहरीले सहयोग गरेको बताउनुभयो ।

No description available.

‘वैकल्पिक सडकको प्रयोग गरेर ज्ञादीसम्म त सिलिण्डर ल्याइयो, त्यहाँ ल्याइसकेपछि पुल तार्न समस्या भयो तर सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण पर्वत, नेपाल प्रहरीले ठूलो सहयोग गर्नुभयो र विहान ४ बजे मात्रै अस्पतालमा २५ वटा अक्सिजन ल्याउन सक्यौँ’ डा. पोखरेलले भन्नुभयो ।

उहाँले अस्पतालमा अक्सिजन अभाव हुने संकेत देखिए पछि आफ्नै पोखरा पुगेर सिलिण्डर भरेर ल्याएको भन्दै नियमित विद्युत आपूर्ति नहुँदा संचालनमा रहेको अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न छोडेको बताउनुभयो । अहिले त्यसको लागि पनि थप व्यवस्थापन गरि रहेको उहाँको भनाई छ ।

No description available.

संक्रमितको संख्या कम भए पनि सम्भावित जोखिमलाई मध्यनजर गरी अक्सिजन सिलिण्डर जोहो गरेको उहाँको भनाई छ । थप १३ वटा सिलिण्डर भर्नका लागि पोखरा पाइएको डा. पोखरेल जानकारी दिनुभयो । उहाँले अस्पतालमा जतिबेला पनि अक्सिजन लगाउनु पर्ने बिरामी आउन सक्ने भन्दै त्यसको व्यवस्थापनमा आफूहरु सहज रहेको बताउनुहुन्छ ।

‘अहिले अस्पतालमा बिरामी त कम हुनुहन्छ, तर संक्रमणको बेला छ, यस्तो बेला धेरै बिरामी एकै पटक आउनु भयो भने समस्या हुन्छ, सडक बन्द छ, त्यसले गर्दा हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने हिसाबले अक्सिजन सिलिण्डर व्यवस्थापन गरिरहेका छौँ’ डाक्टर पोखरेलले भन्नुभयो ‘केही सिलिण्डर भर्नका लागि पोखरा पठाएका पनि छौँ, १/२ दिनमा सडक खुल्यो भने केही सहज हुनेछ ।’

सडक अवरुद्धका कारण अस्पतालले विभिन्न प्रकारका तीन जना बिरामीलाई हेलिकप्टर मार्फत पोखरा काठमाडौँ रेफर गर्नु परेको समत जानकारी दिनु भयो । अहिले धौलागिरी अस्पताल बागलुङमा आइसियूमा दुई जना बिरामी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *