कोरोनाले बन्द कालिका मन्दिर खुल्ला,विद्यालय पालिकाको समन्वयमा खुलाइने

–आदर्श अनलाइन, बागलुङ

बागलुङमा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लामो समयदेखि बन्द मन्दिर र शैक्षिक संस्था अब खुल्ने भएका छन् ।

दोस्रो चरणको भेरियन्टले संक्रमण बढे पछि लामो समय बन्द भइ असार दोस्रो साता केही खुकुलो बनाएर सञ्चालन गरिए पनि पुनः संक्रमण बढ्न थाले पछि कडा लकडाउन गरिएको थियो ।

पछिल्लो केही साता यता कोरोना संक्रमण दर घटेर लकडाउन खुकुलो बनाएर बजार पसल खुल्ला गरिए पनि भिडभाड हुने मन्दिर, विद्यालय, क्याम्पस, पार्टी प्यालेसहरु भने बन्दै थिए ।

आज बसेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको अध्यक्षतामाबसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं २८ गते देखि गण्डकी प्रदेशकै उत्कृष्ट धार्मीक स्थल बागलुङ कालिका मन्दिर सहित जिल्लाका अन्य धार्मीक तथा पर्यटकीय स्थल खुल्ला गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, व्युटीपार्लर, जीम हल स्वास्थ्य मापदण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको छ ।

पार्टी प्यालेस, सिनेमामा भने न्यून संख्या सहभागी हुन आग्रह गरिएको छ । यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून संक्रमण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतीमा विद्यालय खुलाउन सकिने छ, तर न्यूनतम स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।

जिल्लाको कालिका मन्दिर छ महिना देखि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर जिल्ला प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला भएको छ ।

जिल्लामा धार्मीक पर्यटक भित्राउन कालिका मन्दिरले ठूलो टेवा पु¥याउदै आएकोमा पछिल्लो छ महिनादेखि मन्दिर बन्द हुँदा पर्यटन व्यवसाय धरासायी बन्दै गइरहेको थियो । मन्दिरमा सामाजिक दुरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाईने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *