बागलुङ नगरपालिकाका विद्यालय असोज ४ देखि खुल्ने

–आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिकाले असोज ४ गतेदेखि नगरपालिकाका सबै विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द अवस्थामा रहेको सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गरिएको बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

आगमी असोज ४ गतेदेखि बागलुङ नगरपालिकाका सबै विद्यालय औपचारिक रुपमा खुल्ला गर्ने भनिएपनि यस अघि जिल्ला सदरमुकाम स्थित बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए ।

नगर स्वास्थ्य शाखाले आज आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरुसंगको बैठकले दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो । “दैनिक चार घण्टा विदालय सञ्चालन गर्ने, प्राथनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमती दिइएको छ” शिक्षा शाखा प्रमुख पोखरेलले भन्नुभयो “स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा दुई जना विद्यार्थी राखेर कम्तिमा २० जना मात्रै कक्षाकोठामा राखेर विदार्थी संख्याका आधारमा तीन सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौं ।”

विद्यालयको साप्ताहिक विवरण नगरपालिकाको शिक्षा शाखामा पेश गर्ने र विदालयमा समस्या आएमा वडाको सहजीकरणमा विद्यालय बन्द अथवा समय परिवर्तन गर्न सकिनेछ । जिल्लामा अहिले कोरोना दर घटेर एक सय भन्दा तल आएपछि जिल्लाका विद्यालय खुल्न थालेका हुन् । विद्यालय सञ्चालन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको शिक्षा शाखालाई दिइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *