माधव नेपालहरु एकदिन एमालेको छहारीमा आउनेछन्: नेता पाण्डे

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमाले एकढिक्का भएर अगाडी बढेको बताउनुभयो । नेता पाण्डेले नेकपा एमाले जोगिए देशमा संस्थागत भइसकेका परिवर्तन जोजिने र अहिले विभाजनमा लाग्नुभएका माधव नेपालहरु समेत फर्केर आउने जिकिर गर्नुभयो । नेकपा एमाले बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले १० बुँदे प्रस्ताव गर्ने अनि कार्यन्वयनमा जाना लाग्दा पार्टी फुटाउनु माधव नेपालको गल्ती भएको उहाँको भनाई छ ।

“म पहिला एमाले जोगाउन लागे एमाले जोगिए यही एमालेमा माधव नेपाल लगाएतका कमरेडहरु समेत आउनुहुनेछ, तर एमालेनै नरहे हामी कहाँ जाने ?” पाण्डेले भन्नुभयो “दश बुँदे सहमती संगै एमालेमा रहेको विवाद समाधान भएको र पार्टी अलग बनाउनुपर्ने कुनै कारण छैन, अब एमाले शसक्त भएर अगाढी बढ्छ, आम कार्यकर्ताहरुलाई पहिलाको भन्दा दोब्बर समय पार्टीमा खर्चन आवश्यक छ ।”

दश बुँदेमै माओवादी त्यागेर एमालेमा बस्नुभएका कमरेडहरुको व्यवस्थापनको कुरा उल्लेख गरेको गरेको र २०७५ जेठ २ मा गएपनि पूर्व माओवादीहरुलाई एमालेमा महत्वपूर्ण भूमिका दिन आफूले पहल गर्दै आएको बताउनुभयो ।

नेता पाण्डेले विभाजनले नेपालमा अहिले सम्म कुनै पार्टीलाई फाइदा नपु¥याएको उल्लेख गर्दै विभाजनको पक्षमा लाग्नुभएका साथीहरु एक दिन एमालेको छहारीमा ओत लाग्न आउनुहुँनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमालेमा नेतृत्व हस्तान्तरण भइरहेको र आगमी दिनमा समेत हुँने बताउदै नेता पाण्डेले यसले पार्टीमा भएको अन्र्तरविरोध समेत हराएर एकढिक्का एमाले हुँने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा एमाले फूटको न्यून मात्रै प्रभाव परेको भन्दै एमाले अझै बलियो बनेर आगमी निर्वाचनमा होमिन आम नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेलाई चुनौती गर्ने नेपालमा कुनै शक्ती नभएको दावी समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *