एमालेमा गुटको अन्त्य भयो–गुरुङ

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेमा अहिले कुनै गुट नरहेको दाबी गर्नुभयो । गुरुङले एमालेमा एकता नचाहानेहरु छुट्टिएपछि भएको भावनात्मक एकताले एमालेमा गुटको अन्त्य गरेको बताउनुभयो ।

नेकपा एमाले बागलुङले बिहीबार आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री गुरुङले एमाले पहिलाको भन्दा झनै शसक्त भएर अगाडी बढेको बताउनुभयो ।

“एमालेमा केही आन्तरिक समस्या थियो, सामधानको पहलकदमी गर्दा केही तत्वले पार्टी फुटाएर गायो, तर एमालेको गुट र खराब तत्व फुटेर गएकाले अब एमाले झनै सशक्त भएर अगाडी बढेको छ” गुरुङले भन्नुभयो “एमालेमा झनै निखार आएको छ, एमालेले विद्यान सभामा विधान संसोधन गरेर अगाडी बढ्छ, भावनात्मक एकतापछि पहिला कुन धारमा थियो भन्ने कारणले भेदभाव हुँदैन ।”

एमालेको सानो अंश फूटेर गएपछि एमालेलाई झन जाग्न सिकाएको भन्दै उहाँले कुनै संकुचित भावना नराखी पार्टी निर्माणमा अगाडी बढ्न उहाँले आमनेता कार्यकर्तालाई आग्रह गर्नूभयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एमालेका गण्डकी प्रदेश संयोजक किरण गुरुङले नेकपा एमाले आगमी दिनमा गुट रहितको बन्दै जनताको भावनालाई कदर गर्ने पार्टीको रुपमा अगाढी बढ्ने बताउनुभयो ।

एमाले विभाजनपछि अहिले नेकपा एमाले संगठन विस्तार तथा सुदृढिकरणमा लागेको छ । नेकपा एमालेको जिल्ला भेलामा एक हजार बढी नेता, कार्यकर्ताहरु जिल्ला सदरमुकाममा जम्मा भएका छन् । एमाले अब बागलुङमा एकढिक्का भएको बिहीबार जिल्ला भेलामम उपस्थिति नेता कार्यकताहरुले देखाएको एमालेका नेताहरुको दाबी रहेको छ ।

जिल्ला भेलामा नेकपा एमालेका केन्द्रिय दस्य लिला बहादर थापा मगर, केन्द्रिय सदस्य गोविन्द बहादुर नेपाली, केन्दिैय सदस्य तथा नेकपा एमालेका बागलुङ जिल्ला इन्चार्ज मन कुमारी के.सी, एमाले नेता कृष्ण केसी, नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाको अध्यक्षता तथा नेकपा एमालेका उप–सचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *