कांग्रेसको १४ महाअधिवेशन : बागलुङको चार पालिकामा सहमतिमा नेतृत्व चयन, ६ पालिकामा सहमति जुटेन

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शनिबार गाउँ तथा नगरपालिकामा सुरु भएको छ । दशैभर सुरु भएको महाधिवेशन अन्तरगत बागलुङका १० वटै पालिकामा जारी रहेको छ । बागलुङको निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन भएको छ भने अन्य पालिकामा हुन सकेको छैन । केही पालिकामा अझै सर्वसम्मतिको प्रयास जारी रहेको छ भने बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकामा निर्वाचन हुने पक्का पक्की भइसकेको छ ।

निसीखोला गाउँपालिका
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकामा सर्वसम्मत रुपमा सूर्यबहादुर घर्तीको नेतृत्वमा चयन भएको छ । सभापतिमा सूर्यबहादुर घर्ती, उपसभापतिमा लिलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमन बुढा, धनबहादुर टखत्री र सह–सचिव मिलन कामी र केरबहादुर विक चयन हुनु भएको निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले जानकारी दिनुभयो ।

घर्तीसहित दुई जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । सभापतिमा आकांक्षा राख्नेमा निसीखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल हुनुहुन्थ्यो । मल्लले घर्तीलाई साथ दिएपछि सभापतिमा घर्ती चयन हुनु भएको हो ।

जिल्लाका १० वटा पालिकामा मध्ये ९ वटामा चुनाव हुने देखिन्छ । सर्वसहमतिको प्रयास जारी रहे पनि अधिकांश पालिकामा चुनाव हुने संकेत देखिएको छ ।

तमानखोला गाउँपालिका
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तमानखोला गाउँपालिकामा सर्वसम्मति रुपमा नेतृत्वमा चयन भएको छ । लिलाकुमार छन्त्यालको तमानखोला कांग्रेस गठन भएको हो ।

उपसभापति खिमबहादुर छन्त्याल र गार्खबहादुर घर्ती, सचिव तेजेन्द्र कुमार पुन, अनिस सिर्पाली र सहसचिव लिला छन्त्याल र प्रेमबहादुर पुन मगर चयन हुनु भएको निर्वाचन अधिकृत वसन्त घर्ती मगरले जानकारी दिनुभयो ।

छन्त्यालसहित खिम छन्त्याल र धर्म घर्ती गरि तीन जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । दुई जनाले साथ दिएपछि सभापतिमा छन्त्याल चयन हुनु भएको हो ।

ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिकामा सर्वसम्मति नेतृत्व चयन भएको छ । कमलापती पाठकको नेतृत्वमा कार्यसमिति गठन भएको निर्वाचन अधिकृत बमबहादुर घर्तीले जानकारी दिनुभयो ।

उप–सभापतिमा शसिकला घर्ती मगर, श्यामभक्त कंडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सह–सचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा चयन भएको घर्तीले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिका
जिल्लाको तमानखोला गाउँपालिमा पनि सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । यामदत्त कँडेलको नेतृत्वमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घनश्याम कँडेलले जानकारी दिनुभयो ।

सर्वसम्मतको लागि धेरै प्रयास गर्दा पनि सहमति नजुटेपछि कार्यदल गठन गरि कार्यदल मार्फत सहमति जुटाइएको थियो ।

समितिको उप–सभापति खडकबहादुर कार्की, गौरीशंकार शर्मा, सचिव चन्द्रकुमार पुन, देवेन्द्रबहादुर क्षेत्री, सह–सचिव महेन्द्र पुन र हरिकला थापा चयन भएका छन् । यहाँ सभापति ३ जना, उपसभापतिमा ४ जना र सचिवमा ४ जनाले उम्मेद्वारी दिएको कँडेलले बताउनुभयो ।

ढोरपाटन नगरपालिका
कांग्रेको १४ औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा धनबहादुर कायत ‘कल्याण’ निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटाउने प्रसाय भएको थियो ।

सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन भएको चयन गरिएको निर्वाचन अधिकृत हिरालाल पौडेलले जानकारी दिनुभयो । संस्थापन र संस्थापन इतर पक्ष बीच निर्वाचन भएको थियो ।

सभापतिका लागि संस्थापन इतर पक्षबाट कायत र संस्थापन पक्षबाट दीपक कुमार अदैले उम्मेद्वारी दिएका थिए । १५१ मतदाता रहेकोमा १४४ मत खसेको थियो । जस ४ म तबदर भएको बताइएको छ ।

सभापतिमा कायतले ८६ र अदैले ५२ मत प्राप्त गरेका थिए । कायतले अदैलाई ३४ मतले पराजित गरेका थिए । उपसभापतिमा कृष्ण केसी, रमेश गौतम (गणेश), सचिवमा टिकाराम पाण्डे र दिपेन्द्र विक निर्वाचित भएका छन् । सह–सचिवमा अजित कुँवर क्षत्री र विरेन्द्र बुढाथोकी सर्वसम्मतिमा चयन भएका छन् ।

बडिगाड गाउँपालिका
जिल्लाको बडिगाड गाउँपालिकामा पनि पदाधिकारीको टुङ्गो गोलगाउन हम्मेहम्मे परेको छ । अन्य सबै सर्वसहमतिमा टुङ्गो लगाए पनि पदाधिकारी टुङ्गो लाग्न नसकेको निर्वाचन अधिकृत टिका पाइजाले जानकारी दिनुभयो । पदाधिकारी टुङ्गो लगाउनका लागि ११ सदस्यीय कार्यदल गठन भएको पाइजाले बताउनुभयो ।

कार्यदलले आइतबारसम्म पदाधिकारी टुङ्गो लगाउन नसके निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्ने उहाँको भनाई छ । बडिगाडमा सभापतिका लागि विष्णु प्रसाद आचार्य, कृष्णबहादुर घिमिरे, कृष्ण गुरुङ, अर्जुनप्रसाद खरेल, मौसमकाजी क्षेत्रीले उम्मेद्वारी दिएका छन् ।

बरेङ गाउँपालिका
जिल्लाको बरेङ गाउँपालिकामा सर्वसम्मतीको प्रयास जारी रहेको निर्वाचन अधिकृत होमनाथ न्यौपानेले जानकारी दिनु भयो । उहाँले सभापतिमा धेरैको आकांश रहेको हुँदा अहिलेसम्म छलफल नै चलि रहेको बताउनुभयो ।

बरेङमा सभापतिका लागि अमर बहादुर सेरपुर्जा, मोतीराम गौतम, कृष्णबहादुर खत्री, गोविन्द बर्मा र दलबहादुर थापाले आकांक्षा व्यक्त गर्नु भएको छ । यहाँ सर्वसम्मतिमा नेतृत्व चयन हुने संभावना देखिएको न्यौपानेको भनाई छ ।

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकामा सर्वसम्मति हुन नसकेपछि आइतबार विहान ८ बजेबाट निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम रिजालले जानकारी दिनुभयो । यस पालिकामा सदस्य र क्षेत्रीय प्रतिनिधिमा सहमतिको नजिक पुगे पनि पदाधिकारीको लागि भने निर्वाचननै हुने भएको छ ।

संस्थापन पक्ष र संस्थापन इतर पक्ष बीच निर्वाचन हुने भएको रिजालको भनाई छ । संस्थापन पक्षबाट सभापतिमा कर्णबहादुर हमाल, उप–सभापतिमा निरबहादुर थापा र नारायण प्रसाद पौडेल, सचिवमा मिनबहादुर केसी ‘मिलन’ र अर्जुन घिमिरे, सह–सचिवमा विदेशकुमार श्रेष्ठ र कमल बोहरा रहेका छन् ।

भने संस्थापन इतर पक्षमा सभापति उमाकान्त शर्मा ‘बाबु’ उपसभापति प्रदीप गौतम, कुलप्रसाद पाध्याय, सचिव–आशिक राजभण्डारी, कृष्ण शर्मा र सह–सचिव सञ्जय पौडेल र प्रकाश किसान रहेका छन् ।

जैमिनी नगरपालिका
जैमिनी नगरपालिकामा पनि पदाधिकारी टुङ्याउन हम्मेहम्मे परेको छ । संस्थापन र संस्थापन इतर पक्ष बीच सहमति नजुट्दा निर्वाचनको संभावना बढेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो । सर्वसम्मतिमा नेतृत्व चयन भए रातिसम्म हुने र सहमति नजुटे आइतबार विहान ८ बजेदेखि १२ बजेसम्म निर्वाचन हुने पन्तले जानकारी दिनुभयो ।

उहाँले अन्य सबैमा सहमति जुटे पनि पदाधिकारीमा नजुटेको बताउनुभयो । सभापतिमा कासिराम आचार्य, प्रेम सापकोटा, उपसापतिमा ओमबहादुर केसी, किरण शर्मा र विमल श्रीस, सचिवमा बोमबहादुर क्षेत्री, नारायण अधिकारी, शिवकुमार श्रीस र सह–सचिवमा इश्वरीप्रसाद चापागाइँ, डिल्लीराज पौडेल, दीपक सुवेदी र विमल आचार्यले उम्मेद्वारी दिएको जानकारी दिनुभयो ।

गलकोट नगरपालिका
गलकोट नगरपालिकामा पनि आज सर्वसम्मत हुने संभावना नभएको निर्वाचन अधिकृत माया पौडेलले जानकारी दिनुभयो । उहँले सचिव र सभापतिमा उम्मेद्वारी धेरैले दिएको हुँदा निर्वाचन प्रक्रयामै जाने वा सहमति जुटाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

सभापतिमा ३ जना, उपसाभापतिमा २ जना, सचिवमा ७ जना र सह–सचिवमा २ जनाले मनोनयन दर्ता गराएको जानकारी दिनुभयो । आइतबारसम्म सर्वसम्मतिमा नेतृत्व चयन नभए निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *