बरेङमा कांग्रेसको महाधिवेशन स्थगित

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ महाधिवेशनमा बरेङ गाउँपालिकामा नेतृत्वका लागि सहमति नजुट्दा अधिवेशननै अनिश्चित कालका लागि स्थगित भएको छ ।

सभापतिमा उम्मेद्वारी दिएका मोतिराम गौतमले उम्मेद्वारी फिर्ता लिएपछि अधिवेशननै स्तगित भएको निर्वाचन असधकृत होमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

सभापतिका लागि गौतम र विष्णबहादुर खत्रीले उम्मेद्वारी दिनु भएको थियो । गौतमले उम्मेद्वारी फिर्ता लिएपछि अन्य पदाधिकारीमा उम्मेद्वारी दिएका उम्मेद्वारहरुले फिर्ता लिएपछि अधिवेशन स्थगित भएको न्यौपानेले बताउनुभयो ।

उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिन थालेपछि मतदान अधिकृतले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको सूचना टाँस भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *