बरेङ गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक पठनपाठन

डम्मर बुढा मगर, बागलुङ
बागलुङका स्थानीय सरकारले स्थानीय पाठ्पुस्त तयार गरेर पठनपाठन गर्न सुरु गरेका छन् । १० स्थानीय तह रहेको बागलुङमा हालसम्म दुई पालिकाले मात्रै स्थानीय पाठ्यपुस्त बनाएर पठनपाठन सुरु गरेका छन् भने आठ पालिकाले अझै पाठ्यपुस्तक तयार गर्न सकेका छन्न् ।

जिल्लाको तमानखोला गाउँपालिकाले सबैभन्दा सुरुमा पाठ्यपुस्तक तयार पारेका थियो भने बरेङ गाउँपालिकाले पनि अहिले तयार पारेर यसै शैक्षिक शत्रदेखि पठनपान सुरु गरेको छ । गाउँपालिकाको विभिन्न विषयवस्तुलाई समेटेर पाठ्यपुस्त तयार पारिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद शर्माले जनाकारी दिनुभयो ।

गाउँपालिकाले छ महिना लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पालिका अन्तरगतका सबै विद्यालयमा पढाई थालेको उहाँको भनाई छ । गाउँपालिकाले पुस्तकको नाम ‘हाम्रो बरेङ’ राखेको छ । यो पाठ्यपुस्तक यही शैक्षिक शत्रदेखि विद्यालयमा अध्यापन गराई रहेको शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीलाई गाउँपालिकाको भूगोल, संस्कार संस्कृति, धर्म र रितीरिवाजको विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा एकदेखि तीनसम्म लागु हुने गरि एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको शर्मा बताउनुहुन्छ ।

‘विद्यार्थीहरुले धेरै जसो राष्ट्रि तथा अन्तराष्ट्रिय विषयवस्तु समावेश भएको पाठ्पुस्तक अध्ययन गर्दै आइरहेका छन्, उनीहरुले स्थानीय स्तरको, आफ्नै गाउँ, आफ्नै ठाउँको बारेमा अहिलेसम्म अध्ययन गर्न पाएका छैनन्,’ शर्माले भन्नुभयो ‘विद्यार्थीहरुले कम्तिमा आफ्नो पालिकाको भूगोल, सामाजिक अवस्था, पर्यटकीय स्थल, लगायतको सामान्य ज्ञान् भए पनि होस भन्ने उद्देश्यले पाठ्यपुस्तक तयार पारेका छौँ ।’

गाउँपालिकाले एकदमै न्यून खर्चमा पाठ्पुस्तक तयार पारेको शिक्षा अधिकृत शर्मा बताउनुभयो । एक लाख १८ हजार रुपैयाँ पाठ्यक्रम तयार गरेको उहाँको भनाई छ । पालिका भित्रका ३५ सामुदायिक र १ निजी गरि ३६ वटा विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइएको शर्मा बताउनुहुन्छ ।

कक्षा १ देखि ३ सम्मको लागि तयार पाठ्पुस्तकमा गाउँपालिकाको कला, संस्कृति, भूगोल, खनिज पदार्थ, कृषि, वन पैदावर, जडिबुटी, प्राकृतिक स्रोत तथा पशुपालन, प्राकृति सम्पदा, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा स्थानीय गीत संगीत, प्रकोप तथा विपद् व्यवस्थापन, हरित विद्यालय,सामाजिक मूल्य मान्यता र सकरात्मक व्यवहार, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, खेलकुद, शारिरीक सुस्वास्थ्य र सरसफाई लगायतका विषय समेटिएको छ ।

गाउँपालिकाको शिक्षा अधिकृतको संयोजकत्वमा ८ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम तयार पारेको उहाँको भनाई छ । यस समितिमा प्रत्येक वडाबाट एक÷एक जना शिक्षक, प्राबिधिक साहयक विष्णुप्रसाद न्यौपाने, स्रोत व्यक्ति यज्ञप्रसाद न्यौपानेको टिमले पाठ्यक्रम तयार पारेको हो ।

गाउँपालिकाले अहिले १–३ मा स्थानीय पाठ्यक्रम पढाउन सुरु गरेकोमा अब ४, ५ गर्दै माथिल्लो तहसम्म स्थानीय पाठ्क्रमको पठनपाठन गर्ने शर्माले बताउनुभयो । ‘अहिले हामी सुरुवाति चरणमा छौँ, सुरुवाति चरणमा हामीले कक्षा १–३ का लागि पाठ्यक्रम तयार पारेर यसै वर्षदेखि पठनपाठन गर्न सुरु गरि सकेका छौँ, अर्को वर्ष माथिल्लो तह गर्दै माध्यमिक तहसम्म स्थानीय पाठ्यपुस्त पठनपाठन गर्ने योजनामा छौँ’ शर्माले भन्नुभयो ।

स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरुलाई आफ्नो ठाउँको पहिचानको बारेमा बुझ्न सहज हुने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । शर्माले अहिलेसम्म विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रेको बारेमा मात्रै अध्ययन गर्दै आएकोमा अब आफ्नै गाउँ ठाउँको बारेमा पाठ्यपुस्तका पठ्न पाउने बताउनुहुन्छ ।

‘अहिलेसम्म जति पनि विद्यार्थीहरु अरुको ठाउँको अरुको देशको बारेमा अध्ययन गर्दै आएका थिए, आफ्नो गाउँ ठाउँको जतिसुकै महत्वपूर्ण विषय भए पनि अध्ययन गर्न पाएका थिएनन्’ अध्यक्ष शर्माले भन्नुभयो ‘अब हाम्रा पालिकाका विद्यार्थीहरुले बरेङको समग्र विषयमा अध्ययन गर्न पाउने छन्, अहिले कक्षा ३ सम्म मात्रै पठनपाठन सुरु भएको छ, अब विस्तारै माथिल्लो कक्षाहरुमा पनि पढाई हुने छ ।’

यो पाठ्यपुस्तक हप्तामा ५ घण्टा र एक वर्षमा १६ घण्टा पठनपान गर्नु पर्ने गाउँपालिकाले समय निर्धाण गरेको छ । यो पुस्तक राष्ट्रिय पाठ्यकक्रम प्रारुप अनुसार पाठ्यपुस्तक तयार गरिएको गाउँपालिकाले जनाएको छ । आगामी शैक्षिक वर्षदेखि ४–८ मा पनि स्थानीय पाठ्यपुस्तक पढाई हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *