संगठन विस्तारमा समाजवादी बागलुङ : १५ सदस्यीय सचिवालय, ३० वटा विभाग गठन

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेसंग फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) बागलुङले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

असोज ९ गते आयोजित जिल्ला भेलाबाट लाल बहादुर थापाको नेतृत्वमा समाजवादीको ७५ सदस्यीय जिल्ला कमिटि गठन भएसंगै समाजवादी बागलुङले संगठन विस्तारलाई तीव्रता दिएको छ ।

समाजवादीको पहिलो पूर्ण बैठक मार्फत संगठन विस्तार अभियानले तिब्रता पाइरहेको छ । समाजवादीले अहिले सम्म सचिवालय तथा विभिन्न विभाग, वडा तह सम्मका इन्चार्ज र आगमी कात्तिक सम्म सबै जनवर्गिय संगठनको भेला गर्ने र सदस्यतालाई विस्तार गर्ने जनाएको छ
समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले तीन महिना भित्र सबै जनसंगठन तथा पेशागत संगठनहरुलाई तीन महिना भित्र पूर्णता दिनेगरी धमाधम संगठन विस्तार भइरहेको बताउनुभयो ।

थापाका अनुसार शनिबार सम्पन्न पहिलो बैठकले १५ सदस्यीय सचिवालय, ३० वटा विभाग गठन गरेको छ । यस्तै समाजवादीले सबै जनसंगठन तथा पेशागत संगठहरुलाई तीन महिनाभित्र पूणता दिनेगरी भेला तथा छलफललाई बढाइरहेको थापाले बताउनुभयो ।

“हामीले ७५ सदस्यीय जिल्ला कमिटिमार्फत २५ सदस्यीय जिल्ला सचिवालय, संगठन विभाग, स्कूल विभाग, जनजाति विभाग, पेशागत विभाग लगायतका ३० वटा विभाग गठन गरिसकेका छौं” थापाले भन्नुभयो “विद्रोह गर्दै नयाँ पार्टी दर्ता भएपछि समाजवादीमा प्रवेशको समेत लहर आएको छ, एमाले भन्दा ठूलो पार्टी बनाउने लक्ष्य छ, तर समय लाग्ला, अहिले वडा तहमै समाजवादी पु¥याउने हाम्रो योजना हो, त्यही अनुसार संगठन विस्तार भइरहेको छ ।”

संगठन विभागमा पार्टी अध्यक्ष लाल बहादुर थापा, क्षेत्र नम्बर १ को संयोजकमा पार्टी उप–सचिव चक्र बहादुर थापा, क्षेत्र नम्बर २ को अध्यक्षमा पार्टी उपाध्यक्ष केशर छन्त्याल, पेशागत विभागको इन्चार्जमा पिङ्गलराज गौतम, महिला विभाग प्रमुखमा सिता छन्त्याल, प्रचार विभागमा शालिकराम शर्मा, पुर्वा इन्चार्जमा प्रदिप आचार्य लगायतका विभिन्न ३० विभागमा ५६ जनालाई जिम्मेवारी तोकिएको एकीकृत समाजवादी बागलुङका सचिव भरत पुरीले बताउनुभयो ।

पार्टीले एक अर्काको रचनात्मक सल्लाहलाई ग्रहण गर्दै आलोचनात्मक ढंगले बहस गर्दै आएकोमा हामीबाट अलगिएर जानेहरुलाई शुभकामना दिदै नयाँ सिद्धान्तको प्रतिपादन गर्न नयाँ पार्टीको जन्म भएको जनाएको छ ।

पार्टीले असोज २१ मा युवा संघको बागलुङ नगर भेला गर्ने, कार्तिक महिना भित्र अनेरास्ववियू, बुद्धिजीवी, जैमिनी नगर युवा भेला, प्रेस संगठन भेला, मजदुर भेला र असोज मसान्त भित्र अनेमसंघको क्षेत्रिय कमिटि बैठक बसिसक्ने बताएको छ । पार्टी सदस्यता शुल्क स्वेच्छिक गराईएको, एक जिल्ला कमिटि सदस्य २० पार्टी सदस्य अभियान चलाइने समाजवादी पार्टीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *