देव बहादुर श्रेष्ठ
भुगोलविदहरुले भन्ने गर्दछन्–‘पृथ्वी गोलो छ ।’ तर, हामी जस्ता सोझा जनताहरुले भन्ने गर्दछौ–‘पृथ्वी कहाँ गोलो छ र ? पृथ्वी त चेप्टो छ ।’ जल, थल, आकाशले बनेका यो धरतीमा अहिले झण्डै ७ अरब जनताले बसोबास गरेका छन् । मानव बाहेक अन्य जीवजन्तु, चराचुरुङ्गीको गणना नै गर्न गाह्रो छ ।
भविश्यवाणी गर्नेहरुले भन्छन्,–‘हरेक सय वर्षमा यो धरातलमा ठूलै उथल पुथल हुने गर्दछ ।’ धार्मिक पुस्तकहरु अध्ययन गर्दा पनि के देखिन्छ भने जब जब पृथ्वीलाई भार पर्दछ, तब तब यो धरातलमा ठूलो हलचल र क्षती भएर नयाँ विचारको जन्म हुन्छ र नयाँ युगको सुरुवात अनेकन भेषभुषा रितिरिवाज, सांस्कृतिक विचारहरु देखिएका छन् । मानिसका अनुहारहरु पनि देश पिच्छे त्यहाँको हावापानीले गर्दा कोही गोरा, कोही काला, कोही गहुँगोरा भिन्दा भिन्दै भेटिन्छन् । यस्तै, विश्वको हावापानी मौसम पनि विविधताले भरिएको छ । सूर्य कहिले पनि अस्ताउनु अघि पृथ्वीमा उज्यालो हुनु अघि पृथ्वीमा अध्यारो छाउँछ । त्यसैले हामीले दिन र रातमा विभाजन गरेका छौ ।
२०७७ साल अफाप भयो भनेर भन्दा २०७८ सालमा केही सहज र सुविधा पाइएला भनेर विश्वका जनताले र खास गरेर एशिया मुलुक नेपाल र भारतले आशा गरेका थिए । तर, त्यो २०७८ सालको शुभ आरम्भमा नै फेरि कोरोनारुपी कालो बादलले ढाक्यो । अर्को धक्का २०७८ सालको शुरुवात देखि परेको झरीले बैशाख महिनानै सिध्याई दियो । बेमौसमको झरी र कोभिडको महामारीले पनि जनता ग्रस्त भए र कोरोना लाग्नेको संख्या र मृत्यू हुनेको संख्या पनि भयावह नै देखियो ।
धेरै महिना देखि विवाह, व्रतबन्ध, चौरासी पुजा गर्न नपाएका हिन्दु धर्मालम्बीहरुलाई वैशाख लागेपछि बाजा गाजा गरेर भोज भतेर खाएर धुमधाम संग यस्ता संस्कारलाई भित्राइयो । अर्को तिर यही समयमा नेताहरुलाई को भन्दा को कम भनेझै जनता जम्मा गरेर आफ्नो भाषण फलाक्न थाले । आम सोझा सिधा जनतालई सम्झाई बुझाई गर्नु पर्ने अगुवाहरुले नै बाटो बिराएपछि हाम्रा सोझा सिधा जनताहरु नेताहरुकै लहैलहैमा पछि लागे ।
राजनीति भनेको एउटा शक्ति रहेछ । पहिले पहिले हामीले राजालाई गाली गर्दथ्यौ । तर, त्यो कुर्ची त्यो सुविधा प्राप्त गरे पछि सबै राजा बन्दा रहेछन् । अहिले देश संघीयतामा गएको छ, एक केन्द्र, सात प्रदेश, ७५३ नगरपालिका र गाउँपालिकामा विभाजन भएपछि गाउँपालिका, नगरपालिका, प्रदेश र केन्द्र गरेर हजारौ राजा हजारौ गाडीको सुविधा अनी करोडौ रकमको भत्ता र सुविधा भोग गरिरहेका छन् । र त जनता जतासुकै जाउन् या भोकै मरुन् ? विकासको काम भए पनि नभए पनि मतलब नभए जस्तो देखिन्छ । आफ्नो कुर्ची जोगाउने र मिलिजुली धन आर्जन गर्ने बानी जनप्रतिनिधीमा बसेपछि कसरी देशको विकास होला र ? राजस्वको अधिकांश भाग तलब, भत्ता र सुविधामै खर्च गरिन्छ । विकासको नाममा केही प्रतिशत रकम छुट्याएर कसरी देश विकास हुन सक्छ ?
सबै ठूलाबडा नेताहरुलाई आफ्नै कुर्ची प्यारो हँुदो रहेछ । आम जनता मरुन् वा बाँचुन उनीहरुको कुनै ख्याल वास्तै गरिँदो रहेनछ । एउटा सुन्दर देश नेपालमा जुन किसिमले मौसमको विकृति देखा प¥यो । रात दिनको झरी वर्षाले गर्दा नेपालीहरुको मानस पटलमा नै ठूलो उथल पुथल पैदा ग¥यो । मौसम पनि अनौठो किसिमले बौलायो । नदी नाला, भिर, पाखा, पखेरामा बसेका आम नेपालीको बाढी पहिरोबाट ठूलो जनधनको क्षति पुग्यो । जसलाई पुर्ननिर्माण गर्न बस्ती बजार बिस्तार गर्न दशौ वर्ष लाग्नेछ । एकातिर मौसमले साथ दिएन, अर्कोतिर यही बेला कोरोनाको महामरीले हजारौ नेपालीको ज्यान लियो । प्राकृतिक प्रकोपको साथ साथै नेपाली राजनीतिमा आएको उथल पुथलले नेपाली जनताले सोचेको विकासको बाटोनै अवरुद्ध भएको छ । एउटै नीति र सिद्धान्तबाट प्रेरित भएर बनेको पार्टीमा त एकता हुन सकेन भने पाँच दल मिलेर बनेको सरकारले कसरी काम गर्ला ? त्यो शंकाको विषय नै बनेको छ । फेरि पनि एकपल्ट आम निर्वाच गरेर वा जनमत गरेर कुन व्यवस्था, प्रणाली र पात्र नेपालमा सही हुन सक्छ ? यसको निरुपण हुन जरुरी छ ।