आदर्श अनलाइन, बागलुङ
बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नेपाल प्रहरी शान्ति, सुरक्षा, अपराध नियन्त्रणमा अब्बल बन्दै गएको बताउनुभयो । ६६ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिल्लामा हुने गरेका विभिन्न घटनामा प्रहरीले सुक्ष्म तरिकाले अध्ययन गरेर त्यसको परिणाम प्राप्त गर्दै आएको बाउनुभयो ।
प्रजिअ कार्कीले प्रहरीले जनताका लागि दिनरात, हावाहुरी, बाढीपहिरो, धुँवाधुलो नभनी जनताको सुरक्षाका लागि खटिने हुँदा नागरिकस्तरबाट पनि प्रहरीलाई सघाउनु पर्नेमा जोड दिनुभयो । कार्कीले प्रहरीले कुनै चाडबाड भोक तिर्खा नभनि जनताको सेवामा खटिने हुँदा हामी ढुक्क भएर चावपर्व मनाउन पाउने गरेको उल्लेख गर्नु भयो ।‘प्रहरीले चाडबाड नभनी सधै जनताको सुरक्षाको लागि खटिने गर्छ, उसले कहिल्यै जनताको सेवाबाट सुरक्षा दिनबाट टाढा भाक्न खोज्दैन, त्यसले गर्दा हामी ढुक्क भएर हाम्रा गतिबिधि गरि रहेका हुन्छौँ, सुरक्षित महशुस गरेका छौँ’ प्रजिअ कार्कीले भन्नुभयो ।
कार्यक्रममा पूर्व प्रहरी नायव निरीक्षक टिका बहादुर कार्कीले लगायत मनतव्य राखेका थिए, सो अवसरमा अपराध तथा लागुऔषध नियन्त्रणमा सक्रिय प्रहरीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै दिवसको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई समेत सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम प्रहरी नायव निरीक्षक इकवाल हवारीको स्वागत र प्रहरी निरीक्षक विजय भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।