आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङले गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा, संघीयता एमसीसीको खारेजीको माग गर्दै जिल्लाका बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । जनमोर्चाले बागलुङ सदरमुकाम सहित पश्चित गलकोट, बुर्तिबाङ, कुश्मिशेरा लगायतका जिल्लाभरका ५२ स्थानमा बुधवार विरोध सभा सम्पन्न गरेको जनाएको छ ।
बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगानाले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताउनुभयो । पछिल्लो समय देश माथि बैदेशिक हस्तक्षेप बढ्दै गएकाले देश साम्राज्यवादीको रणमैदान बन्ने खतरा रहेको उहाँले बताउनु भयो ।
एक पछि अर्को गर्दै मुलुकको गणतन्त्र र राष्ट्रिय स्वाधीनता माथि आक्रमण भईरहेको बेला बिकासको बाहना बनाएर जलश्रोत साथै बहुमुल्य धातुमा कब्जा जमाउने उदेश्यले आएको एमसीसी परियोजनाले सैन्य हस्तक्षेप निम्त्याउने उहाँको दाबी थियो ।
मुलुकको गतिहीन परिस्थिति, सरकारको ढिलासुस्ती प्रबृत्ति, बलात्कार, मंहङ्गी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण भन्दा मौलाउदै जादाँ जनतामा निराशा पैदा भएको उल्लेख गदै ढुंगानाले यसको मुख्य जड संघीयता भएकोले यसको खारेज गर्नु पर्नेमा जोड दिनुभयो ।राजमो जिल्ला सम्पर्क कार्यालयबाट सुरु भएको जुलुस लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रम राजमो जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवरले सञ्चालन गर्नु भएको थियो ।
ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा सम्पन्न विरोध सभालाई राजमो केन्द्रीय सदस्य गौरीस्वर पाण्डे र अखिल छैठौं बागलुङका सदस्य मिलन सुनारले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम अखिल नेपाल युवक संघ बागलुङका सदस्य युवराज महतले सञ्चालन गर्नु भएको थियो ।
जैमिनी नगरपालिकाको कुश्मीसेरा बजारमा सम्पन्न कार्यक्रमलाई राजमो केन्द्रीय सदस्य दिल बहादुर दर्जी, गोपाल पौडेल, चन्द्र बहादुर केसी, भरत पौडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम होम बहादुर पुनको अध्यक्षता र ठाकुर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकोट नगरपालिका हटिया बजारमा आयोजित विरोध सभालाई राजमो केन्द्रीय सदस्य वेदीलाल सापकोटा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राजमो जिल्ला सदस्य बिष्णु बस्नेत, पदम श्रेष्ठ, जिल्ला सल्लाहकार टंक केसी. लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम राजमो गलकोटका सचिव लालबहादुर रानाले सञ्चालन गर्नु भएको थियो ।
जैमिनी नगरपालिका जैदीमा आयोजित सभालाई राजमो नेता लिलादेवी शर्मा, वार्ड समितिका पुर्व सचिव गंगा पौडेल, सल्लाहकार नारायण शर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम वडा सचिव गोबिन्द शर्माको अध्यक्षता र सदस्य मन बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठेखोला गाउपालिकाको तंग्राममा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम वडा समिति तंग्रामका अध्यक्ष बिष्णु कडेलको अध्यक्षता र राजमो काठेखोलाका सचिव टिका संगम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
निसीखोला गाउँपालिकाको जुग्जा खोलामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा साँसद खिमविक्रम शाही, अखिल नेपाल महिला संघका भोटु चन्द, अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष जुन बिक्रमले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम सबराज छन्त्यालको अध्यक्षता र पालिका सचिव मिलन हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।
बडिगाड गाउँपालिका खर्वाङ बजारमा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा वडा समिति अध्यक्ष प्रेम पुनको अध्यक्षता र मेक बहादुर पाईजाको सञ्चालनमा सम्पन्न भएको थियो ।