–आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ६ बिहुँ इनारपानी स्थित नवनिर्मित वडा कार्यालय भवनको बिहिबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले गर्नुभयो । उद्घाटन पछि बोल्दै उहाँले मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहमा बिकासको गति तिव्र बन्दै गएको बताउनुभयो । मुलुकमा थुप्रै राजनितिक उचारचडाब आएपनि बिकास निर्माणका काममा अवरोध सृजना हुन नहुने चर्चा गर्दै प्रदेश सांसद सापकोटाले, राजनितिक मुल्य मान्यतामा रहेर जनताको निस्वार्थ सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमालेको नेतृत्वमा गण्डकी प्रदेश सरकार हुँदा थुप्रै विकास निर्माणका कार्यहरु भएको सुनाउनुभयो ।
गण्डकी प्रदेशमा बजेटको आकार सानो र जनताको चाहना ठुला भएकाले बिकास निर्माणका कार्यमा केही समस्या आउने बत(ाउनुभयो । त्यस्तै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले आफ्नो पालिकाले यथासक्य जनताको हितमा काम गर्दै आएको बताउनुभयो ।
पालिका भित्र रहेको सिमित साधन श्रोतले गर्दा कहिलेकाही जनचाहना अनुरुप काम गर्न कठिनाई हुने गरेको उहाँको भनाई छ ।
वडा कार्यालय भवन निर्माणका लागि स्थानिय हरिचन्द्र कंडेलले १३ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारको ४८ लाख वडा कार्यालयको १५ लाख र स्थानियको जनश्रमदान गरी ६९ लाख ३० हजार लागतमा निर्माण गरिएको वडा अध्यक्ष युक्त प्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँले भवन निर्माण भएपछि सेवाग्राही लाई सहज हुने बताउनुभयो । भवनको सिलन्यास २०७७ साल फागुन महिनामा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो ।
सो अवसरमा काठेखोला गाउँपालिकाका वडा नम्वर २ का अध्यक्ष बिद्यापति शर्मा, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चुर्ण बहादुर कार्की, नेकपा एमाले काठेखोला गाउंपालिकाका अध्यक्ष डिल बहादुर कार्की, नेकपा माओबादी केन्द्रका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस काठेखोला गाउंपालिकाका सभापति यामदत्त कँडेल, राष्टिय जनमोर्चाका अध्यक्ष लक्ष्मण पुन, नेपाल रेडक्रस सोसाईटी बागलुका सभापति जब्बर बहादुर लामिछाने, र जग्गादाता परिवारका खडानन्द कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम काठेखोला गाउँपालिका–६ वडा अध्यक्ष युक्त कँडेलको अध्यक्षता, वडा सदस्य लिलाधर ढुङ्गानाको स्वागत तथा काठेखोला गउँपालिका–५ वडा कार्यालयका वडा सचिव शिव थापाको सञ्चालनमा सम्पन्न भएको छ ।