रामरेखाको माझी बस्तीलाई लायन्स उद्यमी नमूना गाउँ घोषणा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१ रामरेखामा रहेको माझी बस्तीलाई लायन्स क्लबले नेपालका १४ नम्ुना बस्ती भत्रि पारेर विकास गर्न थालेको छ । माझी बस्तीलाई शुक्रबार लायन्स उद्ययमी नमूना बस्ती घोषण गरिएको छ ।

गोमा माझीलाई गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योगा, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले उन्नत जातको बाख्रा, मौरीको घार हस्तान्तरण गरेर नमूना माझी बस्ती बनाउने अभियानकाको शुरु गर्नुभएको हो ।

नमुना गाउँको गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले उद्घाटन पछि उद्यम गर्न इच्छा गर्नेलाई हामि सीप सिकाउँने, तालिम दिने बताउनुभयो । उहाँले बस्तिको योजना बनाउँदा लामो समय टिक्ने योजना बनाउनुपर्छ भन्दै गण्डकी प्रदेश सरकारसँग स्रोतको अभाव भएकाले सोचेको जस्तो काम गर्न नसकेको बताउनुभयो । ‘लायन्स क्लव डिस्टिक ३२५ ‘बि वन’ले नमूना बस्ती बनाउनका लागि लगानी थालेको छ ।

बागलुङ नगरपालिका–१ कालिगण्डकी किनारमा रहेको १७ परिवार माझि समुदाय सबै घरलाई बाख्राका पाठा, माहुरीको घार, लत्ता कपडा सहित अन्य अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कालिगण्डकी किनारका माझि सबैको पुख्यौली पेशा कालिगण्डकीको माछा मार्ने, बालुवामा सुन चाल्ने र मजदुरी गर्ने हो । यहाँका माझि समुदाय अव उत्पादनसँग जोडिने छन् । १७ परिवार माझि कसैले मौरी पाल्ने त कसैले बाखा्र पाल्ने सोँच बनाएका छन् । कुखुरा पाल्ने र तरकारी खेतीमा समेत माझि समुदाय लागेको स्थानीय कृष्ण माझिले बताउनुभयो ।

सीप सिकेकालाई सिलाई कटाईको व्यवस्था हुनेछ । ‘‘लायन्सले नमुना गाउँ घोषणा गरेर सबै उद्यमका लागि सामग्री दिएको छ’’ माझि भन्नुहुन्छ ‘यो हाम्रो समुदायका लागि सुखद सन्देश हो ।’’

‘लायन्स क्लव डिस्टिक ३२५ ‘बि वन’ले देशभरीका १४ गाउँलाई नमुना गाउँ घोषणा गर्दा बागलुङको माझि बस्ति छनौट भएको थियो । उद्यम गाउँ बनाउने गरी माझि बस्तीको माग अनुसारका सामग्री, उपकरण र बिउँ पुजी उपलव्ध गराएको ‘माझि बस्ति नमुना गाउँ’ कार्यक्रमका संयोजक कुलचन्द्र शर्माले बताउनुभयो । ‘‘अब माझिको संस्कृति र उत्पादनले बजार लिन्छ, यहाँ घरबास बन्छ, पर्यटकीय गाउँ बनाउँछौं’ शर्माले भन्नुभयो ‘‘यो सुरुवात हो, नमुना गाउँ कार्यक्रमलाई स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नेछन् ।’’

सबै परिवारका लागि मौरीका घार, दश परिवारका लागि बाख्राका पाठी, खुकुराका चल्ला, चार वटा सिलाईकटाई मेसिन, पानी छान्ने फिल्टर, सरसफाईका सामग्री, बालबालिकाका लागि विद्यालय पोषाक, तरकारी खेतीका लागि यान्त्रीक हलो, सामुहिक कार्यका लागि भाँडा वर्तन ‘लायन्स क्लव डिस्टिक ३२५ ‘बि वन’ले उपलव्ध गराएको छ । आवश्यकता अनुसारका पूर्वाधार र उपकरण तथा सीप सहयोग गर्ने ‘लायन्स क्लव डिस्टिक ३२५ ‘बि वन’का अध्यक्ष विश्वेश्वर रेग्मीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *