बेनी-जोमसोम सडक अवरुद्ध

 आदर्श अनलाइन, म्याग्दी
आइतबार रातीदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

वर्षाका कारण पहिरोले बेनी-जोमसोम सडक खण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कदै गरेका यात्रुहरुबीच बाटोमा नै अलपत्र परेका छन् ।

म्याग्दी लगाएत धौलागिरि क्षेत्रमा पनि भीषण वर्षा भएको छ । वर्षासँगैको हावाहुरीले यस क्षेत्रमा लगाइएको धानवाली, तरकारी र फलफूलवालीमा समेत क्षति पु¥याए पछि कृषकहरु समेत चिन्तित बनेका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दशैं मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कदै गरेका मानिसहरु ठूलो समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी-बगरफाँट-भकिम्ली सडकको बाङ्गेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारी साधनहरु समेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिनुभयो ।

पहिरो र हिलोेका कारण बेनी-दरवाङ, बेनी-मालढुंगा, बेनी-बागलुङ सडक खण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी-दरवाङ सडक खण्डका सवारी चालक सुर्यवहादुर हुमेनले बताउनुभयो ।

यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ । म्याग्दीको गुर्जा, सोलेको धुरी, रुम, घोडेपानी लगायतका क्षेत्रहरुमा हिमपात हुन शुरु भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि बृद्धबृद्धा र पशुचौपायाँलाई समस्या उत्पन्न भएको छ। जेष्ठनागरिकहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीहरु घरभित्र नै आगो बालेर बसेका रुमका टेकवहादुर घर्तीले जानकारी दिनुभयो ।

जिल्लाका तल्लो भेगका क्षेत्रहरुमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाइदिए पछि कृषकहरु चिन्तित बनेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *