बानपा–१२ को फेसबुकको दुरुपयोग : वडाको पेजबाट एमालेको सूचना

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर १२ ले वडा कार्यालयको फेसबुकको दुरुपयोग गरेको छ । शुक्रबार राति वडा कार्यालयको फेसबुकबाट नेकपा एमालेको वडा अधिवेशनको सूचना प्रकाशन गरिएको छ । यस विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा भएको चर्को टिका–टिप्पणीपछि फेसबुकबाट उक्त सुचना हटाइएको छ ।

वडा कार्यालयको फेसबुकमाआदणीय बानपा १२ अमलाचौर बासि नेकपा एमाले का नेता कार्यकर्ता शुभचिन्तक पार्टी सग सम्बन्ध सम्पूर्ण सदस्यहरुलाई २०७८/७/६ गते अथार्त भोलि शनिबार हुन गैरहेको वडा अधिवेशन मा बा न पा १२ अमलाचौर मा पनि भब्य र सभ्य रुपमा सफल बनाउन को लागी अनिबार्य । उपस्थिति को लागि अनुरोध छ । तपसिल मिति २०८७/७/६ गते समय–बिहान ११ बजे स्थान–वडा कार्यालयको भवन को हल लेखी सूचना प्रकाशन भएको थियो ।

शनिबार बिहानसम्म पनि यो सूचना फेसबुकमै थियो । सामाजिक सञ्जालमा वडा कार्यालयलाई एमालेको खडा बनाउन थालिएको लगायतका टिकाटिप्पणी गरेका छन् भने केहीले सूचना जानकारी गएको प्रति धन्यबाद व्यक्त गरेका छन् ।

वडा अध्यक्ष गुरुदत्त पाठकलले वडाको फेसबुकबाट यो सूचना हाल्न नहुने तर कर्मचारीले नबुझेर हालेको भन्दै गैरजिम्मेवार जवाफ दिनुभयो । अध्यक्ष पाठकले कार्यालय सहयोगीलाई सूचना गर्न भनेको तर वडाको फेसबुकबाट नबुझेर हालेको बताउनुहुन्छ । यसले वडाको कार्यालय सहयोगीलाई समेत पार्टीको काममा प्रयोग गरेको बुझिन्छ ।

‘वडाको कर्मचारीलाई सूचना गर्न भनेको नबुझेर फेसबुकमा हालेछ, गल्ती भयो, भुल भयो, अहिले हामीले हटायौँ, वडा कार्यलयको सभा हलमा कार्यक्रम हुने हो, त्यसले गर्दा झुक्किएर होला, मैले पनि बिहान मात्रै थाहा पाएँ’ अध्यक्ष पाठकले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *