एमाले बागलुङ नगरको नेतृत्वमा आधा दर्जन आंकाक्षी

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको भोलि (मंगलबार)देखि सुरु हुने बागलुङ नगरपालिकाको अधिवेशनमा नयाँ नेतृत्वका लागि आधा दर्जन आंकाक्षी देखिएका छन् ।

नेतृत्वका लागि वर्तमान नगर अध्यक्ष धनबहादुर परियार, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा बागलुङ जिल्लाकाका पूर्व प्रचार विभाग प्रमुख रामृकष्ण शर्मा, जिल्ला सचिवालय सदस्य तथा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुव्र केसी, जिल्ला सचिवालय सदस्य तथा बानपा ९ का अध्यक्ष गणेश थापा, जिल्ला सदस्य तथा बानपा–६ का वडा अध्यक्ष खिमराज सापकोटा, नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य राम बहादुर जिसी, युवा संघका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लोकेन्द्र केसीको नाम चर्चामा छ ।

वर्तमान नगर अध्यक्ष धनबहादुर परियारले अब अधिवेशनबाटै नेतृत्व लिएर पालिकाको पार्टीलाई थप सुदृढ र मजबुत बनाउन चाहेको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा बागलुङ जिल्लाका पूर्व प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले बागलुङ नगरमा पार्टीलाई समय सापेक्ष थप गतिशील र संगठित बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

अर्का आंकाक्षी गणेश थापाले पार्टीलाई पुनः नगरपालिकामा सशक्त बनाएर आगामी निर्वाचनमा अहिलेकै जस्तो नेतृत्व स्थापित गर्न आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।
रामबहादुर जिसीले आफूले पार्टीको नेतृत्वमा बसेर पार्टीलाई अगाडि बढाउन चाहेको बताउनुभयो ।

खिमराज सापकोटाले आफ्नो नगर अध्यक्षको बलियो दाबेदारी रहेको बताउनुभयो । ध्रुव्र केसीले आफू नगर र जिल्लाको राजनीतिमा लामो समयदेखि क्रियाशील रहेकाले नगर अध्यक्षमा आफ्नो बलियो दाबेदारी रहेको बताउनुभयो ।

लोकेन्द्र केसीले नगरको नेतृत्वका लागि दाबी रहे पनि आफू सर्वसम्मत नेतृत्वको चयनमा बाधक नबन्ने बताउनुभयो । आधा दर्जन बढी आंकाक्षी भए पनि बागलुङ नगरपालिकामा समेत सर्वसम्मत चयनमा जिल्ला नेतृत्व देखिएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल भइरहेको एमाले जिल्ला अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्