तमान, ताराखोला र गलकोटमा एमालेको सर्वसम्मत नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी एमालेको सोमबार देशैभर गाउँ तथा नगर अधिवेशन सुरु भएको छ । बागलुङमा पनि ६ पालिकामा पनि अधिवेशन सुरु भएको छ । केही पालिमा नेतृत्व टुङ्गि सकेको छ भने केही पालिकामा भने अझै टुङगिन सकेको छैन ।

जिल्लाको गलकोट नगरपालिकामा पूर्ण काउचाको अध्यक्षतामा ६३ सदस्यीय नगर समिति गठन भएको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष तिला केसी, सचिव दानबहादुर श्रीस, उपसचिव पोस्टराज सुवेदी र उपसचिव लक्ष्मी सुनार चयन भएको नगर निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको ताराखोला गाउँपालिकामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । ऋषिराम रोकाको अध्यक्षतामा समिति गठन भएको छ । जसको उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गा बहादुर बगाले, उप सचिवमा डम्बरबहादुर छन्त्याल चयन भएका छन् । त्यस्तै तमानखोलामा तारानाथ श्रीपालीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्षमा कुम बहादुर छन्त्याल, सचिवमा लिल बहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन भएको एमाले बागलुङका सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *