राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ दर्शन


–आदर्श अनलाइन, बागलुङ
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङ भ्रमणमा पुग्नुभएको छ । राष्ट्रपति कार्यालयको पूर्व कार्यक्रम तालिकाअनुसार राष्ट्रपति भण्डारी सहितका कर्मचारी सहितको समूहले मुक्तिनाथ दर्शन गर्नुभएकोे जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरमा बिहान १० बजेर ३० बजे मुक्तिनाथ हेलिप्याडमा अवतरण गर्नुभएको राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन,सुरक्षा, कर्मचारी र कर्मचारीहरुले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले बिहान ११ बजेको समयमा मुक्तिनाथ दर्शन तथा पूजा गर्नुभएको थियो । मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीका अनुसार भण्डारीले मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पूजा अर्चनालगायतको सम्पूर्ण पूजा पाठ सम्पन्न गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *