धौलागिरी अस्पतालमा छैन जीवनजल !

आदर्श अनलाइन, बागलुङ
जीवनजल हेर्दा र सुन्दा सामान्य औषधी हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधी हो जीवनजल । अहिले बागलुङमा मौसम परिवर्तन भएसंगै झाडा वान्ताका विरामी बढिरहेका छन् ।

धौलागिरी अस्पतालमा भाइरल ज्वरो, झाडा वान्ता लगायतका विरामीहरको चाप बढी देखिएको छ । तर अस्पतालको फर्मेसीमा भने एक हप्तादेखि जीवनजल छैन । धौलागिरी अस्पतालमा दुई वटा फर्मेसी छन् । एउटा शुल्क र एउटा निःशुल्क ।

निःशुल्क फर्मेसीमा जीवनजल नपाएपछि सशुल्क फर्मेसीमा जीवनजल खोज्दा समेत नपाइएको बिरामीहरुले गुनासो गरेका छन् । दुर्गमका सामान्य स्वास्थ्य चौकी तथा महिला स्वास्थ्य स्वंयमसेवीकाको घरमा समेत पाइने जीवनजल २०० शैयाको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा भएको धौलागिरी असपतालमा नहुँनु लज्जास्पद विषय भएको छ ।

सोमबार झाडा वान्ताको बिरामी भएर छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले अस्पतालमा जीवनजल नपाएर बाहिरको फार्मेसीमा खरिद गरेको बताउनुभयो ।

शर्मा जस्तै झाडा वान्ता लागेका विरामीहरले एक हप्तादेखि अस्पतालको बाहिरबाट जीवनजल औषधी खरिद गर्दै आइरहेका छन् ।

निकै सस्तोमा बाहिर किन्न पाइने जीवनजल सरकारले निःशुल्क गरेको छ । तर गरिब जनताले जीवनजल समेत किन्नुपर्ने बाध्यतापार्नेकाम धौलागिरी अस्पताल प्रसासनले गर्दौ आइरहेको छ । केहिदिनदेखी झाडापखलाको लागि अत्यावश्यक जीवनजल निःशुल्क फार्मेसीमा नरहेको फार्मेसीमा कार्यरत सुनिता शर्माले स्विकार गर्नुभयो ।

धौलागिरी अस्पतालमा जीवनजल नभएको अस्पतालका फर्मेसी इन्चार्ज सन्तोष सुवेदी बताउनुभयो । उहाँले अस्पतालको ससुल्क फार्मेसीमा केहिदिनयता जीवनजल सकिएको सुवेदीले बताउनुभयो । उहाँले निःशुल्क फर्मेसीका विषयमा भने आफुनो क्षेत्राधिकार नभएको बताउनुभयो ।

“मैलै हेर्ने भनेको अस्पतालको ससुल्क फार्मेसी हो निःशुल्क फार्मेसी हेर्ने मेरो क्षेत्राधिकारमा पदैन, समयमै औषधी ल्याउन खरिद एैन नै परिवर्तन गर्नु नत्रभने औषधी सकिदासाथ खरिद गर्ने प्रकृया थाल्दा ढिलो भइहाल्छ, नदमा हामीले औषधी खरिद गर्न मिल्दैन” सुवेदीले भन्नुभयो “स्वस्थ्य बीमाले सबै औषधी दिनु भन्छ, तर खदि ऐन बाध बन्छ त्यसैले भनेको समयमा औषधी दिन सकिरहेका छैनौं ।”

फार्मेसीमा जीवनजल मात्रै हैन थाइरोनम २५ लगायतका अत्यावश्यक औषधीहरुको समेत अभाव भइरहेको छ । खरिद ऐन परिवर्तन नभए सम्म यस्तो समस्या दोहोरीने सुवेदी बताउनुहुन्छ । आफू नयाँ भएकाले अस्पतालमा औषधी अभावको विषयमा जानकारी नआएको भन्दै प्रशासन विभागका तेज प्रसाद न्यूरेले तत्कालै जीवनजल लगायतका औषधी व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जीवनजल लगायतका अत्यावश्यक औषधीको अभाव हुँन नदिने बताउनुभयो । उहाँले फर्मेसीबाट आफूलाई जीवनजलको विषयमा जानकारी नआएकाले आफूले त्यबारे बुझेर नभएको भए तत्कालै फार्मेसीमा जीवनजल उपलव्ध गराइने बताउनुभयो ।

धौलागिरी अस्पतालमा जीवनजल नपाइएपनि बागलुङ नगरका सबै स्वास्थ्य संस्थामा जीवनजल, सिटामोल लगायतका अत्यावश्यक औषधीको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक राम प्रसाद खनालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *