मन्त्री बुढाकाे सम्पत्ति विवरण : न सुनचाँदी, न घरजग्गा

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाको सोमबार रातिमात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार कृषिमन्त्री बुढा मन्त्रीहरुमध्ये गरीब देखिएका छन् ।

सम्पत्ति विवरणमा उहाँको नाममा कुनै सम्पत्ति छैन भने एउटा सहकारीमा १० हजार रुपैयाँ वचत देखिएके छ । बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ घर भएका बुढाले सगोलमा जग्गा भएको उल्लेख गर्नुभएकाे छ तर कति कित्ता र क्षेत्रफल छ भन्ने उल्लेख गरेका छैनन् ।

ताराखोला ५ को २ ठाउँमा सगोलमा पुख्र्यौली जग्गा भएको उल्लेख गरेका बुढाले आफ्नो नाममा कुनै घर र जग्गा नगरेको बताउनुभयाे । उहाँले एभरेस्ट बैंकमा खाता रहेको उल्लेख गरे पनि बचत शून्य देखाउनु भएकाे छ ।

उहाँले सम्पत्तिको नाममा ताराखोला–५ को जनएकता बहुउद्धेश्यीय सहकारीमा १० हजार रुपैयाँमात्र शेयर रहेको उल्लेख गर्नु भएकाे छ । घरजग्गा, पशुधन, आफूसँग रहेको सामान समेत सम्पत्ति विवरणमा उल्लेख गर्नुपर्ने भए पनि बुढाले भने कुनै पनि उल्लेख गर्नु भएकाे छैन ।

कृषिमन्त्री बुढाले आफ्नो सम्पत्ति विवरण लुकाएका त होइनन् ? उहाँ भन्नुहुन्छ ‘सम्पत्ति नभएकै कारण उल्लेख नगरेको हुँ । जग्गा पनि सगोलमा छ । तर, कित्ता नम्बर र क्षेत्रफल खोज्दा नपाएका कारण उल्लेख गरिनँ ।’

माओवादी केन्द्रबाट मन्त्री भएका बुढाले एभरेस्ट बैंकको खातामा तलबभत्ता संकलन हुने भए पनि कहिलेकाहीँ शून्यमा झर्ने भएकाले उल्लेख नगरेको बताउनुभयाे । ‘घरपरिवार पनि पाल्न प¥यो, आफ्नो घर र सम्पति नभएपछि कसरी देखाउनु ?’ बुढाले भन्नुभयाे, ‘सगोलको जग्गा खोज्न नभ्याएको हो, खातामा पैसा नभएरै हो ।’

पहिले बागलुङ बजारमा भाडामा बस्ने गरेको र अहिले मन्त्री हुनुअघि पनि पोखरामा भाडामै बसेको बताउनुभयाे । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्ने कानुनी व्यवस्था छ । साेही व्यवस्था अनुसार बुढाले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएकाे हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *