अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : मन्त्री पौडेल


–आदर्श अनलाइन, बागलुङ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र आगमी निर्वाचनमा पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र निकट पत्रकार प्रेस सेन्टर नेपाल बागलुङको पाँचौ सम्मेलनको उद्घाटन गर्दै उहाँले माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्काउने बताउनुभयो ।

“माओवादी केन्द्र दोस्रो, तेस्रो हैन आजैबाट सबै लागौं, माओवादी केन्द्र पहिलो पार्टी बन्छ” पौडेलले भन्नुभयो “माओवादीले अहिले सम्म गम्भिर गल्ती गरेको छैन, सामान्य गल्तीको आत्माआलोचना गरेर जनतासामु गयौ भने पार्टी पहिलो बन्न सक्छ ।”

उहाँले अनलाइन क्षेत्रमा बढ्दो दुरुपयोग रोक्न कानूनहरु परिमार्जन समेत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्