ललितपुरमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

आदर्श अनलाइन,ललितपुर

पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले बताउनुभयो ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उहाँकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार हुनुहुन्छ । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको एआईजी पालले बताउनुभयो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने उहाँले बताउनुभयो । ‘मृत्यु हुनेमध्ये केही निसास्सिएको पनि हुनसक्ने देखिन्छ’ उहाँले भन्नुभयो, ‘विस्तृत अनुसन्धान जारी छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *