ताराखोलामा भुस पोल्ने मेला

आदर्श अनलाइन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिकामा ऐतिहासिक भूष पोल्ने मेला आयोजना गरिएको छ ।

मेलाको मूल समारोहको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले केन्द्रिकृत राज्य सत्ताले बहुसाँस्कृतिकको संरक्षण गर्न नसकेको भन्दै संघीयता आवश्यक परहेको बताउनुभयो । उहाँले स्थानीय र प्रदेशसरकारले स्थानीय संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । ताराखोलाको भूष पोल्ने मेला अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले राजनीतिक परिवर्तनका लागि ताराखोलाका २१ जनाको बलिदान रहेको स्मरण गर्नुभयो । कार्यक्रममा मन्त्री बरालले संङ्खुगरोमा छापो हालेर जौ छर्नुभएको थियो ।

१५ औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएका आर्गली मगर समुदाएले ताराखोलामा प्रत्येक वर्ष कात्तिक २३ गतेदेखि २७ गते सम्म भुष पोल्ने पर्व मनाउछन् । अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन् ।

प्रत्येक पर्व कात्तिक २३ गते देखि २७ गते सम्म उनिहरुले यो पर्व मनाउने गर्दछन् । अधिकांश मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुष पोल्ने मेलाको छुट्टै बिषेशता रहेको छ । यहाँको ऐतिहासिक मेलाको रुपमा यस पर्वलाई लिने गरिन्छ ।

पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका मगरहरुले मेलामा आफ्ना समुदायका मानिसहरुको मृत्यु र जन्म संस्कारसंग सम्वन्धित गोपिचन गित गाउने र नाच्ने गर्दछन् । मेलाको अन्तिम दिन २६ गते उनिहरुले एक वर्ष भरी मृत्य भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने गर्छन् ।

सोही दिन पुर्खाहरुले खेती गरेको सम्झनामा शखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ । दिउसो ४ बजेको समयमा शंखुघरमा पूजा आजा गरि शंखुबारीमा छापे खन्ने गहुँ, जौ छर्ने गरिन्छ । अविवाहित युवा युवतिले बारी नसकुन्जेल सम्म नरोकी खन्ने गर्दछन भने विवाहितहरुले बिऊ छर्ने गर्दछन ।

पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ । मारुनी नाच्ने, नौमती बाजा बजाउने देखि छापे खन्ने लगाएतका कार्यहरुमा युवा युवती उत्साह का साथ संग्लग्न हुने गरेका छन । यो पर्व गाँउपालिका भित्रको ऐतिहाँसिक प्रमुख पर्व भएकोले चार वर्ष देखि सार्वजनिक विदा समेत दिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *