टिकटकले चर्चामा आउदै पर्यटकीय क्षेत्र

आर्दश, अनलाइन, बागलुङ
टिकटक एम्पस पछिल्लो समय नेपालमा धेरै चलाइएने एप्स मध्येको पर्दछ । पछिल्लो समय नेपालमा टिकटक एप प्रति मानिसहरुको रुची बढ्दै गएपछि यसले सकरात्मक फाइदा समेत दिदै आएको छ ।

मनोरञ्जनका लागि तथा सुचना समाचारका लागि समेत यो माध्यम प्रभावकारी बन्दै गएको पाइन्छ । कोरोनाले सुस्ताएका धौलागिरीका पर्यटकीय क्षेत्र समेत टिकटकका कारण चर्चामा आउन थालेका छन् ।

टिकटकमा अभिनय मात्रै हैन विभिन्न मरोरम प्राकृतिक दृश्य तथा पर्यटकीय स्थलहरु खुबै रुचाइन थालेपछि टिकटमा हेरेर पर्यटकीय स्थलमा पुग्ने आन्तरिक पर्यटकहरुको संख्या समेत बढ्दै गएको छ ।

यस संगै टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकिय क्षेत्र, ग्रामिण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचार प्रसार संगै पर्यटकको आगमन बृद्धि गर्न पनि फाईदा पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीति देखि व्यक्तिगत समस्याका बिषय पनि टिकटक एप्समा अहिले छरपस्ट भिडियो पोष्ट देख्न पाइन्छ । टिकटकमा भिडियो राख्नकै लागि समेत पर्यटकीय स्थल भ्रमण गर्नेको संख्यामा समेत बृद्धि हुँदै आएको छ । अहिले टिकटक सबैको रुचीको बिषय समेत बन्दै गएको छ ।

बागलुडका टिकटक प्रयोगकर्ता सन्दिप शर्मा पनि यस एपमा धेरै फोटो भिडियो बनाएर राख्नुहुन्छ । ७२ हजार बढी टिकटक फलोअर रहेका उनी नेपालका धेरै पर्यटकिय क्षेत्र घुमेर टिकटक भिडियो बनाएर अपलोड गर्नुहुन्छ । उहाँले बनाएका बागलुड सहित धौागिरीका का कयौँ पर्यटकीय क्षेत्रका भिडियो पनि यस एप्स मार्फत भाइरल बनेका छन् । पछिल्लो समय बागलुङको पञ्चकोट, गाईघाट झरना, ढोरपाटन लगायतका भिडियो भाइरल बनेपछि पर्यटकहरु आउन थालेको शर्मा बताउनुहुन्छ ।

“पर्यटकीय क्षेत्र पुग्दै गरेको, रमणीय दृश्य, झरना तथा फूलहरुको दृश्यलाई टिकटक प्रयोकर्ताले रुचाउदै आएका छन्” शर्माले भन्नुभयो “टिकटकमा भिडियो हेरेर पर्यटकीय सथ्ल आउन लालायित भएर पयटकीय क्षेत्र आउनलाई जिज्ञासा राख्दै समेत टिकटक प्रयोग कर्ताले राख्दै आएका छन् ।”

केही नकरात्मक, विवादास्पद बिषयहरु संगै सकरात्मक कामपनि एस टिकटक एप्सबाट भएको देखिन्छ । टिकटकमा अभिनय गरी प्रख्यात भएका धेरै मानिसहरु छन् । उनिहरुले अपलोड गरेका प्राकृति तथा पर्यटकीय स्थहरुको चर्चा समेत देश विदेशमा हुँने गरेको छ । अभिनयमात्रै नभई प्राकृतिक सौन्दर्यलाई भिडियोमा कैद गरी बनाएका टिकटकले पनि विभिन्न पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा सघाएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई कालिका मन्दिर गेटमा व्यवसाय गर्दै आएकी देवी चोखाल मन्दिरमा दर्शन संगै टिकटक बनाउन समेत आउने गरेको पाइएको बताउनुहुन्छ ।

गण्डकी प्रदेशका जिल्लामा बागलुडको कालिका भगवती मन्दिर, विश्वकै लामो मानिएको बांगेचौर–पाङ्ग जोड्ने झोलुङ्गे पुल, पन्चकोट, ढोरपाटन, गाजादह, कुँडुलेमा रहेको शालग्राम संग्राहलय, मुस्ताडको मुक्तिना थलगायतका क्षेत्र, म्याग्दीको पुनहिल, ग्रामिण बस्ती, पोखराको फेवाताल, सरांकोट, गुम्बा, टिकटकबाट झनै प्रख्यात बनेका छन् । यस टिकटक एप्समा नै भिडियो हरेर पनि जिल्ला घुम्न आउनेको संख्या पनि विस्तारै बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरु बताउछन् । युवायुवतले बढी प्रयाग गर्ने टिकटकका कारण कुनामा परेको पर्यटकीय स्थानको समेत प्रचार–प्रसार र चर्चा हुने गरेको बागलुङका होटल व्यवसायी अर्जून चोखालले बताउनुभयो ।

“युवायुवतीमा टिकटक मोह छ जस्कारण पर्यटकीय क्षेत्रलाई समेत सकरात्मक प्रभाव पारेको छ” चोखालले भन्नुभयो “अझ धेरै पर्यटकीय स्थलको प्रचार प्रसार गर्न बाँकी नैछ, जस्कारण पर्यटनमा युवा पुस्ताको मोह जागोस, टिकटकका कारण धेरै पर्यटकीय स्थलको बारेमा देशव्यापी जानकारी भएको छ ।”

कोरोनाभाइरस संक्रमणका कारण पर्यटक विहिन बनेका क्षेत्रहरु अहिले क्रमश पर्यटकले भरिभराउहुनथालेका छन् । टिकटक एप्स संगै फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले पनि पर्यटकिय क्षेत्रको विकासमा टेवा पुराएकाले नकरात्मक भन्दा बढी सकरात्मक क्रियाकलापहरु राख्न बागलुडका स्थानीय नागरिकहरुले सुझाएका छन् । डुडेलेक, बुद्धहिल, सहस्रधारा झरना, मचेरे गुफा लगायतका स्थानहरु सामाजिक सञ्जालकै कारण चिनिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *