बुर्तिबाङमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्य, ६ घाइते

आदर्श अनलाइन, बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पिकअप जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ग २ च ५९८० नम्बको पिकअप जिपकोठक्करले तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको इलालका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

दुर्घटनामा ६ जना घाइते भएको मध्ये फाँट बजारमा व्यवसाय गर्दै आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ ४८ वर्षीष लेवेन्द्र कुवँर ढोरपाटन नगरपालिका वडा नम्बर १ का नरकिताब सुनार, ढोरपाटन ५ का विष्णु सापकोटा, ढोरपाटन ५ का सक्रेनी घर्ती, ढोरपाटन ५ का नरमला घर्ती, ढोरपाटन नगरपालिका ७ बस्ने निमसरा घर्तीका ९ वर्षीय छोरा आकाश घर्ती घाईते भएका छन् ।


घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको भने ढोरपाटन १ का नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । उनीहरुको उपचारका लागि हेलीकप्टर मार्फत पोखरा रेफर गरिएको छ ।

फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्कीएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको पाइएको छ ।

चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दुर्घटना गराउने मल्ललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख जयराम वन्तले बताए

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *