पत्रकार महासंघ बागलुङका अध्यक्षद्वारा विधान विपरित कांग्रेस प्रतिनिधिमा उम्मेदवारी


–आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले पत्रकार महासंघको विधान विपरित नेपाली कांग्रेस प्रदेश महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बागलुङ क्षेत्र नं. १ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिका लागि कँडेलले उमेद्वारी दिनुभएको हो । पत्रकार महासंघको बिधान विपरित कँडेल प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नुभएको हो ।

पत्रकार महासंघको सदस्य रहेको व्यक्ति कुनैपनि राजनीतिक दलको प्रतिनिधि वा पदाधिकारी हुन नपाउने व्यवस्था रहेको भएपनि उहाँले बिधान मिचेर उम्मेदवारी दिनुभएको हो ।


कँडेलको उम्मेदवारी विधान विपरित भएको पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीले बताउनुभयो ।

पत्रकार महासंघको बिधान २०६० (चौथो संसोधन २०७३)को परिच्छेद– ८ आचार संहिता बुँदा नं. ३२ (ख)ले महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन प्रष्ट व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *