कांग्रेस बागलुङ क्षेत्र नम्बर १ क मा संस्थापन पक्षको प्यानललै विजयी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ क को सभापतिमा हरिबहादुर जिसी (सन्तोष) को प्यानलनै निर्वाचित हुनु भएको छ । जिसीले ज्ञामनाथ कँडेललाई ७६ मतान्तरले विजयी हुनु भएको छ । जिसीले २६४ मत ल्याउँदा कँडेलले १८८ मत प्राप्त गरेका छन् ।

जिसी संस्थापन पक्षका र कँडेल पौडेल पक्षका नेता हुन् । उपसभापतिमा ओमबहादुर थापा र हरिबहादुर कार्की निर्वाचित हुनु भएको छ । जीतबहादुर कार्की र रामचन्द्र सापकोटा पराजय भएका हुनु भएको । विजयी बनेका थापाले २४९, कार्कीले २५७ र पराजय हुने जीतबहादुर कार्कीले १९७ र सापकोटाले १७९ मत प्राप्त गर्नु भएको छ ।

सचिवमा माधवप्रसाद उपाध्याय र सूर्यप्रसाद कँडेले वियजी हुनु भएको छ भने चन्द्रदत्त सापकोटा र नविन कुमार श्रेष्ठ पराजित हुनु भएको छ । निर्वाचित उपाध्यायले २५० र कँडेलले २५६ मत प्राप्त गरेका छन् भने पराजित भएका सापकोटाले १८९ र श्रेष्ठले १७४ मल ल्याउनु भएको छ ।

सहसचिवमा लालबहादुर सुनार र हिराबहादुर थापा निर्वाचित हुनु भएको छ । सुनार र थापाले दलबहादुर कार्की र नारायण कार्कीलाई पराजित गर्दै निर्वाचित हुनु भएको छ । निर्वाचित सुनारले २३७ र थापाले २४७ मत ल्याउनु भएको छ भने पराजित हुने दलबहादुर कार्कीले १८० र नारायण कार्कीले १९६ मत पाउनु भएको छ ।

प्रत्यक्ष महिला तर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा गंगा कुमारी थापा, निर्मला जिसी पन्त, साबित्री खड्का निर्वाचित भएका छन् भने खुल्ला तर्फ अम्मरबहादुर कार्की, खिमानन्द कँडेल, प्रकाश राना, प्रमानन्द कँडेल, भुवानी प्रसाद कँडेल, भूमिश्वर शर्मा गौतम र मनबहादुर थापा (मनिष) निर्वाचित हुनु भएको छ ।

महिला खस/आर्य तर्फ उषा सापकोटा, खस/आर्य तर्फ नरेश कँडेल र सुजन सापकोटा निर्वाचित हुनु भएको छ । आदिवासी जनजातिबाट इन्द्रबहादुर पुन, दलितबाट नरबहादुर किसान र मुस्लिम, अपाङ्ग÷अल्पसंख्यकबाट गंगाप्रसाद कँडेल निर्वाचित हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *