१८ वर्षकै उमेरमा प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित

डम्मर बुढा मगर, बागलुङ
नेपाली राजनीति प्रति पछिल्लो समय युवा पुस्तामा वितृष्णा बढि रहेको छ । धेरै जसो राजनीतिक पार्टीहरुको नेतृत्वदेखि सामान्य कार्यकर्तासम्म उमेर पुगेकाहरुको नै हालीमुहाली देखिन्छ । युवाले चसो देखाए पनि उनीहरुका लागि स्थान पाउनै मुस्किल परेको देखिन्छ । चुनावै लडेर नेतृत्वमा आउने अहिलेका युवाले सामाथ्र्य राख्दैनन् ।

अहिलेका युवाहरुको दिमागमा राजनीति फोहोरी खेल भएको छाप परेको छ । त्यसले गर्दा उनीहरुलाई राजनीति प्रतिको चासो निकै कम छ । राजनीतिमा लाग्नुभन्दा विदेश पलायन हुनु उनीहरुको चासो र रुचिको विषय बनेको छ । राजनीतिक दलहरुले विभिन्न किसिमका कोटाहरु निर्धाण गरि समावेशीताका नारा चर्काउने गरेको देखिन्छ तर युवाका लागि भने त्यस किसिमको कुनै पनि व्यवस्था गरको देखिदैन ।

त्यसले गर्दा पनि युवा पुस्तालाई राजनीति प्रतिको मोह नभएको सहजै बुझ्न सकिन्छ । अहिले मुलुकमा ठूला मानिने राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशन चलिरहेको छ । यस अधिवेशनमा भने केही कलिला अनुहार पनि नेतृत्व र अन्य पदमा देखिन थालेका छन् । यसले युवाले राजनीति प्रति हेर्ने दृष्टिकोण नकरात्मक मात्रै छैन भन्ने बुझाउँछ ।

बागलुङको एक प्रदेश क्षेत्रमा १८ वर्षीया किशोरी चुनावै लँडेर प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छिन् । उनी हुन् जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँकी १८ वर्षीया उषा सापकोटा । सापकोटा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा सबैभन्दा मत ल्याएर निर्वाचित भएकी हुन् । उनले २८६ मत ल्याएर विजयी भएकी हुन् । उनको जति मत अन्य प्रदेश महाधिवेशन प्रतिनिधि कसैको पनि छैन ।

सापकोटा गण्डकी प्रदेशकै सबैभन्दा कान्छो प्रदेश महाधिवेशन प्रतिनिधि भएको कांग्रेस बागलुङले जनाएको छ । कक्षा ११/१२ कानुन विषय पढेर सकाएकी सापकोटाले अब स्नातकको पढाई सुरु गर्ने तयारीमा छिन् ।

घरमा सानैलेखि राजनीति गर्ने वातावरण सिर्जना भएको हुँदा १८ वर्षकै उमेरदेखि राजनीतिमा लागेको उनका बुबा राजु सापकोटाले बताए । सापकोटाले आफू पनि पहिलेदेखि नै कांग्रेसमा आवद्ध भई राजनीतिमा लागेको र घरमा राजनीतिक माहोल बढी भएको हुँदा छोरीले सानै उमेरदेखि राजनीतिमा रुचि देखाएको बताए ।

‘छोरीले सानैदेखि राजनीतिका कुराहरुमा खुब चासो देखाएर सुन्थिन्, म पनि कांग्रेसमा आवद्ध भएर राजनीति गर्ने भएको हुँदा, घरमा राजनीतिक कुराहरु हुन्थे, कांग्रेसको यो अधिवेशनमा त छोरीले नै प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर पनि जितिन्,’ उनले भने ‘उनको पहिलेदेखि कै रुचि भएको हुँदा परिवारबाट पनि साथ दियौँ, छोरीले सबैभन्दा बढी नै मत ल्याएर जितिन् ।’

विजयी बनेकी सापकोटाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण भएको र यसले मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको हुँदा आफूले कांग्रेस पार्टीलाई राजेको बताइन् । उनले अबको कांग्रेस समय, परिस्थित, देश र जनताका लागि समर्पित हुने खालको हुनु पर्ने भन्दै त्यसमा आफूले पनि सकेको योगदान पु¥याउने बताइन् ।

‘म त्यस्तो राजनीतिको बारेमा सबै कुरा बुझेर लागेको होइन, भर्खर राजनीतिक यात्रा तय गरेको छु, सिक्दै जाने हो, मेरो विकेक र क्षमता प्रयोग गरेर मुलुक परिवर्तन गर्ने लक्ष्य हो,’ सापकोटाले भनिन् ‘अग्रजले देखाएको मार्गलाई आत्मसाथ गर्दै लोकतान्त्रीक विधि पद्धती अनुसार मुलुक परिवर्तन गर्नु आजको आवश्यकता हो, सोही अनुसार म पनि लाग्ने छु ।’

उनले सानैदेखि गाउँ घरमा राजनीतिक विषयमा भेला, छलफल, कार्यक्रम हुने गरेको र त्यही कार्यक्रमहरुबाट आफू प्रभावित भई राजनीतिमा लागेको बताइन् । घर परिवार र समाजबाट पनि आफू राजनीतिमा लाग्न प्रेरणा मिलेको हुँदा कांग्रेसको प्रदेश महाधिवेशनमा उम्मेदवारी दिई विजयी हुन सफल भएको सापकोटा बताउँछिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *