उत्तरगंगा जलाशययुक्त जलविद्युत : चर्चा पहिले, डिपिआर अहिले


–खेमराज गौतम, बागलुङ

संभाव्यता अध्ययन गरेको दुई वर्ष पछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । उक्तरगंगा जलशययुक्त जलविद्युत आयोजना नेपालमा निकै चर्चापाएको आयोजना हो । २०६१ सालदेखि चर्चामा आएको आयोजनाको बल्ल् डिपिआर थालिएको छ ।

संभाव्यता अध्ययन सम्पन्न पश्चात डिपिआरको काममा उत्तरगंगा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद, वहिद डास्ग्रेडि तेहरानलाई सम्झौता गरेर काम थालेको छ । यो संगै चर्चामा मात्रै सिमित रहेको आयोजना अगाढी बढ्ने देखिएको छ ।

असोजबाट काम थालेको कन्सल्टेन्सीले स्थलगतकाम अन्तिम चरणमा पु¥याएको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजनाको काम गर्दै आएको उत्तरगंगा पावर कम्पनीले जनाएको छ । विद्युत प्राधिकरण मातहतमा रहेको उक्त कम्पनीले दुई वर्षपहिले संभाव्यता अध्ययन गरेर सकेको थियो । अहिले कम्पनी ठेक्कामा जानु अघि गरिने सबै चरणका काम पुरा गर्ने गरी काम भइरहेको उत्तरगंगा पावर कम्पनीका प्रबन्ध निर्देशक अम्बिकेश झाले जानकारी दिनुभयो ।

“आयोजनाका बारेमा बाहिर जुन टिका टिप्प्णी भइरहेको छ, त्यो होइन, अहिले धमाधम डिपिआरको काम भयरहेको छ, एक वर्ष भित्र डिपिआर सकेर निर्माणको लागि आर्थिक सुनिश्चिचाता गर्ने हाम्रो लक्ष्य हो” झाले भन्नुभयो “सम्भाव्यता अध्ययन, बातावरणीय प्रभाव मुल्याङ्कन भइसकेको छ, अब डिपिआर सकेपछि ठेक्का प्रकृयामा जानेहो तर ठूलो आयोजना भएकाले आर्थिक जोहो गर्न आवश्यक छ ।” झाका अनुसार उत्तरगंगा पावर कम्पनीले निरन्तर रुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताउनुभयो । उहाँले बाहिर आयोजना निर्माणमा भएको ढिलाई नभएर निरन्तर रुपमा आयोजनाको प्रकृयागत काम भइरहेको छ । रुकुम लैजाने की निसीखोला भन्ने कुरा अब डिपिआरले बताउने भन्दै झाले डिपिआरमा आउने लागत, उत्पादन र फाइदाका आधारमा मात्रै आयोजना अगाढी बढ्ने स्पष्ट पार्नूभयो ।

बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
हिउँद र बर्खामा समेत ८ सय २८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगंगा नदी रुकुमको सानीभेरीमा मिसिदै आएको छ । तर विद्युत उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको पानी रुकम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताहरुको दुबिदाका कारण आयोजनाले गति नलिएको स्थानीयको भनाई रहेको छ ।

आयोजना निर्माणहुँदा प्रभावित क्षेत्रका नागरिकले उचित मुअब्जा, घरवासको व्यवस्थापन र रोजगारको ग्यारेन्टी खोजेका छन् । तर आयोजनाले सबै विषयमा डिपिआरमा उल्लेख गरेर बल्ल निर्माण शुरु गर्ने जनाएको छ ।

नेपालकै महत्वपूर्ण आयोजनाको रुपमा सरकारले लिदै आएको उत्तरगंगा प्रति जनताको धारणा दुई गरी रहेको छ । बाँध बान्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइृ छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पु¥याउनेभन्दै सकरात्मक धारणा राख्दै आएको ढोरपाटन नगरपालिका–८ का स्थानीय गम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

आयोजनाले सय भन्दा बढी घर र थुप्रै खेतीयोग्य जमिन ठूबानमा पार्ने देखिएको छ । यहाँका स्थानीयलाई आयोजनाको स्पष्ट कुरा राखेर मात्रै आयोजना अगाडी बढाउनुपर्ने स्थानीय देब बहादुर विश्वकर्माको धारणा छ ।

विसं २०६१ सालदेखि आयोजनाको प्रारम्भिक सर्वेक्षण शुरु गरेपनि संभावयताको अध्ययन भने दुई वर्ष अघि मात्रै सम्पनन भएको थियो ।
संभाव्यता अध्ययनको विवरण तयार पारेका उत्तरगंगा पावर कम्पनीले डिपिआरको काम भइरहेको जनाएको छ ।

ढोरपाटनको उत्तरगंगा नदीमा २ सय मिटर अग्लो बाँध बाधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै १ हजार ६ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने संभाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।
निसीमा दुई वटा भूमिगत विद्युत गृह बनाएर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । पछिल्लो समय, वातावरणीय प्रभाव मूल्याँकन र प्रभावित क्षेत्रका वासिन्दालाई मुअव्जाका विषयमा एक खालको छलफल भएपनि वृहत छलफल नआएको ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्ष दिपक थापाले बताउनुभयो ।

आयोजना थोरै लागनीमा धेरै विद्युत उत्पादनका लागि योग्यभएको विज्ञहरुले बताउदै आएका छन् । उक्त आयोजना निर्माणले गण्डकी प्रदेशको समृद्धिका लागि सहयोग पुग्ने सरोकारवालाहरुको भनाई रहेको छ । विस्तृत अध्ययन प्रतिवेदन डिपिआर पछि मात्रै आयोजनाको बास्तविक विद्युत उत्पादन, लागत लगायतका विवरण आउनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *