धौलागिरी बहुमुखी क्याम्पसमा थपियो छात्रावासको सुविधा

आदर्श अनलाइन, बागलुङ

धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा छात्रवासको सुविधा थप भएको छ । यसअघि छात्रहरुका लागिमात्रै आवसीय सुविधा दिदै आएको क्याम्पसले हालै सुविधा सम्पन्न छात्रावास निर्माण सम्पन्न गरेको छ ।

सरकारी क्याम्पसको रुपमा रहेको धौलागिरी बहुमुखी क्याम्पसमा साविक धौलागिरी अञ्चलको बागलुङ सहित मुस्ताङ, म्याग्दी र पर्वत जिल्लाका विद्यार्थीहरु स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्दै आएका छन् । बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीहरुका लागि लक्षिगरी छात्रावास तयार गरिएको धौलागिरी बहुमुखी क्याम्पसले जनाएको छ ।

कोठा भाडामा बसेर समेत अध्ययन गर्न नसक्ने विद्यार्थीहरुलाई क्याम्पसले निःशुल्क रुपमा आवसयि सुविधा दिन धौलागिरी बहुमुखी क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्ययाले जानकारी दिनुभयो ।

“खासगरी दुर्गमबाट आएकार, जेहेन्दार र गरिब विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले बनाएको नियमका आधारमा विद्यार्थी छनोट गरेर आवासीय सुविधा दिइन्छ” उपाध्यायले भन्नुभयो “आवासको अभावमा यस अघि छात्रहरुका लागि आवसीय सुविधा दिएपनि छात्रालाई दिन सकिएको थिएन, अहिले रु. तीन करोड लागतमा सुविधा सम्पन्न छात्राहरुका लागि आवास निर्माण गरिएको छ, अहिले बेड बिस्तारा तयारीमा छौं, केही समयभित्रै विद्यार्थीलाई आवसीय सुविधा दिनेछौं ।”

दुई वर्ष अहिघ निर्माण शुरु गरेको छात्रावासले पूर्णता पाएपछि क्याम्पसले पहिलोपटक छात्राहरुका लागि आवसीय सुविधा दिन थाल्नेछ । अहिले निर्माण भएको नयाँ भवनमा ७५ जना महिला विद्यार्र्थी राख्न सकिने क्याम्पसले जनाएको छ । छात्रावास पर्खालले घेरेर निकै सुरक्षित र सुविधा युक्त समेत बनाइएको क्याम्पसको भनाई रहेको छ । यस अघि छात्राबास नहुँदा गरिब तथा विपन्न र दुर्गमका विदार्थीहरुले कोठा भाडा तिरेर अध्ययन गर्दै आएका थिए भने केही विद्यार्थी छात्राबासको अभावमा पोखरा काठमाण्डौं जाने गरेका थिए ।

भवनको तीन चरणमा ठेक्का सम्झौता गरी निर्माण सम्पन्न भएको थियो । ए.ए कन्ट्रक्सनप्राली र सातबिसै निर्माण सेवा संग ठेक्का सम्झौता गरी भ्याट बाहेक रु एक करोड ९८ लाखमा ३१ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

तीन तलाको सुविधा सम्पन्न छात्रावास भित्रै चमेनागृहको समेत व्यवस्थापनका लागि काम भइरहेको छ । छात्रावास संगै अध्ययनका लागि बन्चित भएका दुर्गमका जेहेन्दार बिदार्थीहरुलाई समेत अवसर हुँने धौलागिरी क्याम्पसका विद्यार्थी कल्याण प्रमुख कमल शर्माले बताउनुभयो ।

“कतिपय विद्यार्थीहरु छात्रावासको अभावमा पोखरा काठमाण्डौं समेत जाने गरेका थिए, महिला विार्दीलाई झनै समस्या थियो” शर्माले भन्नुभयो “छात्रा तथा छात्रबासले धौलागिरी क्याम्पसप्रति विद्यार्थीको आकर्षण झनै बढाउनेछ ।

निजी क्याम्पसप्रति विद्यार्थीको आकर्षण रहेको सन्र्दभमा यहाँको धौलागिरी क्याम्पसमा भने दुई हजार विद्यार्थीले अध्ययन गरिएको क्याम्पसको तथ्याङकमा उल्लेख गरिएको छ । क्याम्पसमा विज्ञान, वाणिज्यसास्त्र, मानविकी र शिक्षा संकायमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *