काठेखोलामा अग्लो झोलुङ्गे पुलको सर्वे


आदर्श अनलाइन, बागलुङ
सस्पेन्सन वृज डिभिजन कार्यालय काठमाण्डौंले काठेखोला गाउँपालिकामा लामो झोलुङ्गे पुलको सर्वे गरेको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश तेस्रो बाटो कुँवरटोल र काठेखोला गाउँपालिका–५ बिहुँको बयलडाँडाको घुम्ती जोड्नेगरी लामो र अग्लो पुलको सर्वेक्षण सम्पन्न गरेको स्थानीय प्रेम कुँवरले जानकारी दिनुभयो ।

उक्त पुल धेरै लामो र अग्लो हुने छ । संघीय सरकार र स्थानीय पुर्वाधार विकासको संयुक्त आयोजना निर्माण गर्ने भनिएको पुलको लम्बाई ५०० मिटर भन्दा लामो र ४०० मिटर अग्लो हुँने देखिएको सर्वेमा सहभागी लिखित काफ्लेले जानकारी दिनुभयो ।

उक्त झोलुङ्गे पुल बागलुङ नगरपालिकाको रामरेखा देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने पुल पछिको लामो हुँने देखिएको छ । उक्त पुलको सर्वे भएपनि भौगोलिक रुपमा निकै अग्लो स्थान भएकाले पुल निर्माणमा जटिलता रहेको छ । पुल निर्माणमा बागलुङका इन्जिनियर खिमानन्द कँडेलले लामो समयदेखि समन्वय गरिरहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *