कांग्रेस बागलुङ क्षेत्र नम्बर २ काे सभापतिमा जोकलाल बुढा मगर विजयी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ मा जोकलाल बुढा मगर विजयी हुनु भएको छ । बुढा मगरले प्रतिद्वन्द्वी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पराजित गर्नु भएको हो । बुढाले ४१९ मत प्राप्त गर्नु भएको छ भने घर्तीको ३२९ मत ल्याउनुभएको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो ।

बुढा मगर संस्थापन पक्षबाट र घर्ती संस्थापन इतरको नेता मानिनुहुन्छ । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित हुनु भएको छ । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गर्नु भएको छ । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी हुनु भएको छ । कुँवरले ४२२ र चन्दले ३२४ मत ल्याउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *