एमाले महाधिवेशन : धौलागिरीबाट केन्द्रीय सदस्यमा डेढ दर्जन आकांक्षी


साधना पन्त, बागलुङ
नेकपा एमालेको चितवनमा आयोजित १० औ राष्टिय माहाधिवेशन नजिकिएसंगै नेृतत्वका लागि एमाले नेताहरुले आकांक्षा बढाएका छन् । एमालेको केन्द्रीय सदस्यका लागि धौलागिरीका डेढ दर्जन नेताहरु आकांक्षीका रुपमा देखिएका छन् ।

धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङबाट डेढ दर्जन नेताले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् । धौलागिरीबाट हाल केन्द्रीय सदस्य रहेकाहरु लिला बहादुर थापा, भुपेन्द्र बहादुर थापा, गोविन्द बहादुर नेपाली र मन कुमारी जिसी केसी पुन नेतृत्वमा जाने तयारीमा हुनुहुन्छ ।
हालका केन्द्रीय सदस्यहरु बाहेक पनि धेरैको यसपटक केन्द्रीय समितिमा उमेदवार बन्ने बताएका छन् । बागलुङबाट केन्द्रीय सदस्यमा इन्द्रलाल सापकोटा, जनकराज पौडेल, हिरा बहादुर केसी, मोहनलाल शर्मा, जनजातिबाट लिला राना, महिलाबाट सावित्रा राना रहनु भएको छ ।

पर्वतबाट खुल्लामा पदम गिरी, विकास लम्साल रहनु भएको छ, म्याग्दीबाट केन्द्रीय सदस्यमा खुल्लाबाट नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, महिलाबाट नरदेवी पुन, थमसरा पुन रहेका छन् र मुस्ताङबाट चन्द्रमोहन गौचन र महिलामा शर्मिला गुरुङ केन्द्रीय सदस्यको आकांकी रहेका छन् ।
बागलुङबाट केन्द्रीय सदस्यका आकांक्षी लिला रानाले आदिबासी जनजाती समावेशी क्षेत्रबाट आफुले केन्द्रीय सदस्यमा दावी गर्ने बताउनु भयो । उहाँले पार्टीमा कोटा राख्ने तर नेताको वरी परी नघुमी पद नपाउने चलन चलेको छ त्यसलाई छिचोल्दै आफुले उमेदवारी दिने बताउनु भयो । रानाले सामावेशी नामको मात्र रहेकाले समावेशी भित्र पनि समावेशीता हुनुपर्ने भएकाले अहिले समावेशीता भित्र पनि विभेद रहेकाले त्यो विभेदको बिरुद्धमा आफुले उमेदवारी राख्ने बताउनु भयो । बागलुङकै केन्द्रीय सदस्यका आकांक्षी मोहनलाल शर्माले बागलुङमा नेकपा एमालेको स्थापनाकालदेखि काम गरेको भन्दै केन्द्रीय सदस्यमा उमेदवारी दिने बताउनुभयो । उहाँले अहिलेसम्म नेताहरुसंग छलफल गरी रहेको भन्दै भुगोललाई पनि सशक्त रुपमा केन्द्रमा अगाडी बढाउन लागेको बताउनुभयो ।

केन्द्रीय सदस्यका आकांक्षी विकास लम्सालले पर्वतमा रहेर लामो समय नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरी सकेकोले अब केन्द्रमा जाने योजना बनाएको बताउनुभयो । उहाँले नेकपा एमाले पर्वतको २ कार्यकाल जिल्लाको अध्यक्ष, संविधान सभा सदस्य, लेखा समिति र गण्डकी प्रदेशको सफल पर्यटनमन्त्रीका रुपमा काम गरीसक्नु भएको छ । आजको दिन सम्म पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीता पूर्वक निवाह गरेको बताउनु भयो । जिल्लाको राजनीतिका लागि विगतका अधिवेशनहरुमा आफुले उमेदवारी नदिएको लम्सालको भनाइछ । लम्सालले अहिले धौलागिरीमा सवै भन्दा पाको, जनताको सामु भिजेको, सवै जिम्मेवारी पुरा गरेको, राष्ट्रिय स्तरको राजनीतिमा पर्वतलाई चिनाएकोे भन्दै साविकको धौलागिरीका नेताहरु मध्ये आफु सिनियर भएको दावी गर्नुभयो ।

म्याग्दीबाट केन्द्रीय सदस्यका आकांक्षी हरिकृष्ण श्रेष्ठले 2०६६ सालदेखि नेकपा एमाले म्याग्दीको जिल्ला अध्यक्ष भएर जिम्मेवारी पुरा गरेको भन्दै पार्टीको बिधान अनुसार अबको दिनमा जिल्लाको नेतृत्व लिन नमिल्ने र म्याग्दीमा रहेर जनताको इच्छाहरु बुझि एमालेको प्रतिनिधीत्व गर्दै काम गरेको हुदाँ अहिलेको १० औं महाधिवेशनमा आफ्नो केन्द्रीय सदस्यमा सशक्त रुपमा दावी गरेको बताउनु भयो । अहिलेको महाधिवेशनले सवैलाई संगसंगै लिएर अगाडी बढ्नेछ भन्ने अपेक्षा गरेका छौ ।
मुस्ताङबाट केन्द्रीय सदस्यको आकांक्षी शर्मिला गुरुङले नेकपा एमाले मुस्ताङमा रहेर लामो समय देखि काम गरेको र मुस्ताङका जनताको भावना बुझेको भन्दै मुस्ताङको प्रतिनिधीत्व गर्दै आगामी १० औं महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षा राखेको बताउनु भयो । उहाँले पार्टीका नेताहरु संग छलफलमा रहेको भन्दै सवैको सल्लाह अनुसार उमेदबारी दर्ता गर्ने बताउनु भयो ।
नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० आँै राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । अध्यक्ष सहित १५ जना पदाधिकारी र २ सय १० जना केन्द्रीय सदस्य गरी कुल २ सय २५ जना निर्वाचित हुनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *