माओवादीको नीतिमा देश चलिरहेको छ–पाण्डे

पूर्णभद्र निउरे, ताराखोला
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेले माओवादीले लिएको नीति र योजना अनुसार नै देश अघि बढेको बताउनु भएको छ । माओवादी केन्द्र ताराखोला गाउँ समितिको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले अघि सारेका एजेण्डा कै भरमा देश चलिरेकाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा अरु कसैले गर्न नसक्ने बताउनुभयो ।

उहाँले ताराखोला माओवादी केन्द्रका मात्र जनप्रतिनिधि रहेको नमुना गाउँपालिका रहेकाले जन भावना अनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । पार्टी संगठन भित्र केहि कमी कमजोरी रहेको भन्दै केन्द्रदेखि तल्लो तहसम्म सबैले आत्म आलोचना गर्दै आगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य प्रकाश घर्त, निरमाया श्रीस, जिल्ला समन्वय समिति सदस्य धन बहादुर विक, वाइसिएल केन्द्रीय सदस्य नरेश केसी, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य कपबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा पार्टीका लागि महत्वपूर्ण योगदान पुर्याउने संस्थापक सदस्य कबबहादुर घर्ती, प्रदेश सल्लाहकार सदस्य जित बहादुर खत्री, जिल्ला सल्लाहकार सदस्य डिल बहादुर बस्नेत र राम बहादुर रोका साथै वेपत्ता र शहिद परिवारलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने दर्जनभन्दा बढि लाइ स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रम ताराखोला गाउँकमिटिका अध्यक्ष दिवस खत्रीको अध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य धन बहादुर खत्रीको र भविकला घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *