कांग्रेस बागलुङको निर्वाचन : ढिलो मतदान सुरु हुँदा मतदातालाई सकस

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङको नयाँ नेतृवका लागि शुक्रबार मनोनयन दर्ता भए पनि शनिबार अबेरदेखि मतदान सुरु भएको छ । सात पदाधिकारी र २४ सदस्यका लागि भएको निर्वाचनको मतदान विहान ८ बजेदेखि सुरु हुने भनिए पनि दिउसो ३ बजेपछि मात्रै मतदान सुरु भएको हो ।

शुक्रबार उम्मेदवारी दिएका केही सदस्यहरुको नाम दोहोरिएको र केही सदस्यहरु सर्वसम्म रुपमा चयन भएपछि अन्य मतपत्र व्यवस्थापन गर्दा केही ढिलो भएको बुझिएको छ । निर्वाचन समितिले भने आफूहरुको आन्तरिक व्यवस्थापन पुरा नहुँदा ढिला हुन पुगेको बताउँछ ।

विहान ८ बजेबाट मतदान हुने भनेपछि खाना नखाई आएका मतदाताहरु दिन भर लाइनमा बस्दा सास्ती खेप्नु परेको बताउँछन् । उनीहरुले समयमा मतदान नहुँदा रातिसम्म चल्ने आँकलन गरेका छन् । साँझ परेपछि मतदाताहरुको घुइँचो बढेको छ ।

बागलुङ बजारको ब्राउन आइज रेष्ट्रोमा रहेको मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरुको भिड लागेको छ । भिडलाई व्यवस्थापन गर्न नेपाल प्रहरी र नेपाली सेना खटिएको छ । मतदान अबेर पुग्दा घर पुग्न समेत समस्या हुने एक मतदाताले बताए ।

यो समाचार तयार पार्दासम्म सात सय मतदान भइसकेको निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा कुल १७८० मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । ४० सदस्य हुने कांग्रेसको प्रावधान अनुसार १६ सदस्य सर्वसम्म चयन भएपछि २४ सदस्य र ७ सात पदाधिकारीका लागि मतदान भइ रहेको मतदान निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

सभापतिका लागि जगदीशचन्द्र उपाध्याय, दोर्णकुमार कुँवर र जितबहादुर शेरचन चुनावमा होमिएका छन् । मतदान राति ९ बजेसम्म चल्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *