सार्वजनिक शिक्षा सुधार गछौं : शिक्षा मन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार र निजी शिक्षालाई नियमन गर्ने तर्फ गएको बताउनुभयो ।

गृह जिल्ला बागलुङ आउनुभएका मन्त्री पौडेलले आज बिहान प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको बताउनुभयो ।

“हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने नीजिलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरी शिक्षकका ३७ थरी माग सम्बोधनका लागि समिति गठन गरिएको छ” मन्त्री पौडेलले भन्नुभयो “शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्दछ, अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना रहेको छ ।”

उहाँले दलहरु आन्तरिक निर्वाचनमा केन्द्रित भइसकेकाले मुलकुु आगमी निर्वाचनमा जान लागेको बताउदै सरकारको व्ययभार कम गर्न तिनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने आफ्नो तर्क रहेको बताउनुभयो । राजनैतिक दलहरु आगमी एथानीय, प्रदेश र संघको निर्वाचनको तयारीमा आन्तरिक निर्वाचनमा केन्द्रित भएको उहाँको भनाई छ ।

पत्रकार सम्मेलनमा माओवादीको मुख्य योगदानका कारण मुलुकमा संविधान बनेको मन्त्री पौडेलको दाबी समेत रहेको छ । स्थायी कमिटि सदस्य समेत रहनुभएका मन्त्री पौडेलले शिक्षकहरुका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रकृया अगाडी बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउदै अभियानलाई अगाडी बढाएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

मन्त्री पौडेलले पत्रकारको जिज्ञासामा बालबिकास सहजकर्ताहरुलाई केही पालिकाले सरकारले तोकेको तलब नदिएको गुनासोमा पालिकाले अनिवार्य दिनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *